२०८३ वैशाख २८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु

पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु


काठमाडौं—पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)मा अध्ययनरत एक जना रेजिडेन्ट चिकित्सकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।

२६ बैशाखमा २९ वर्षीय डा. अमिर उप्रेतीको पोखराको बुलौंदीस्थित जंगल फरेस्ट रिसोर्टको पोखरीमा पौडी खेल्ने डुबेर मृत्यु भएको गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवं प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

काठमाडौंका स्थायी बासिन्दा डा. अमिर गण्डकी मेडिकल कलेजमा नाक, कान, घाँटी रोगमा एमएस दोस्रो तहमा अध्ययनरत थिए । ‘काठमाडौंबाट एमबीबीएस पढेको साथी आएका रहेछन्,’ प्रिन्सिपल डा. श्रेष्ठले भने, ‘साँझ उनीहरु दुवै जना जंगल फरेष्ट रिसोर्टको स्विमिङ पुलमा स्विमिङ गर्न थालेछन् । त्यही क्रममा डुबेर यस्तो घटना हुन गयो ।’

स्विमिङका क्रममा डा. अमिर डुबेपछि उनका साथीले उद्धारको प्रयास गरेपनि डा. अमिरलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रिन्सिपल डा. श्रेष्ठले घटनाबाट गण्डकी मेडिकल कलेजलाई अपुरणीय क्षति पुगेको बताए । ‘हामीले एक जना उर्जाशील विद्यार्थी गुमाएका छौं,’ उनले भने, ‘कलेज परिवार स्तब्ध छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ