२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण

आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण


आँखा एकदमै संवेदनशील अंग हो । आँखामा चोटपटक लाग्न सक्छ । रोगहरु लाग्न सक्छ । आँखा कमजोर हुने र आँखा धमिलो हुने हुन सक्छ । यसको लागि आँखालाई बचाएर राख्न जरुरी छ ।

कहिलेकाही आँखा धमिलो हुने, आँखामा हुने खराबी मात्र नभएर अरु कारण पनि हुन सक्छ । आँखाले धमिलो देखिनुका कस्ता कारण हुन सक्छन् भनेर तल चर्चा गरिएको छ ।

१. मोबाइल फोनहरुको धेरै प्रयोग हुनु
लामो समयसम्म मोबाइल फोन हेर्नु वा कम्प्युटर र ल्यापटप जस्तो लाइट भएको सामानको प्रयोगले आँखामा आँशुको कमी हुन सक्छ । आँखामा दबाब परिरहेको हुन्छ । जसले विस्तारै आँखा धमिलो देखिन थाल्छ ।

२. सुगरको लेभल
सुगरको लेभल के छ । समयमै थाहा पाउनु राम्रो हुन्छ । यदि सुगरलाई नियन्त्रण गर्न सकिएन भने यसले पनि आँखा धमिलो देखिन सक्छ । सुगर भएको मान्छेमा रेटिनोपेथी, आँखाको पछिल्लो भागमा रक्तस्राव र आँखा सम्बन्धि अन्य समस्याको जोखिम अधिक हुन्छ ।

३. ब्लड प्रेसरको समस्या
ब्लड प्रेसर ज्यादा वा कम हुनु दुवै स्वास्थ्यको लागि हानिकारक छ । यसको कारण कमजोरी र चक्कर आउनुमात्र हुँदैन । यसले आँखालाई पनि समस्या गर्छ । यदि मुटुको समस्या भइरहेको छ भने पनि आँखा मधुरो देखिन्छ ।

४. माइग्रेनको समस्या
लगभग एक चौथाइ मान्छेहरुमा माइग्रेसन छ । उनीहरुमा आम रुपमा धमिलो देख्ने समस्या हुनसक्छ । यो टाउको दुखाइ बिना वा टाउको दुखाइपछि पनि हुन सक्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ