२०८२ कात्तिक २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा

प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा


काठमाडौँ –  प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै डा केसीले अनशन बस्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले असैवधानिक तरिकाले संसद विघटन गरेको, संविधानलाई नै भंग गर्न लागि परेको, झापा आन्दोलनको नाममा मानिसको हत्या गरेको आरोप लगाएका छन् ।

त्यस्तै झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन दिनको लागि बैठक बोलाएको सूचना आफुले पाएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् । पत्रकार सम्मेलनमा बाडिएको विज्ञप्तीमा विएण्डसीलाई सम्बन्धन दिइए तत्काल अनसन बस्ने घोषणा गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ