२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ?

विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ?


ऐश्वर्या राय बच्चन विश्वको सबैभन्दा सुन्दर महिलामा गनिने नाम हो। विश्व सुन्दरीको  ताज पहिरिसकेकी उनले बलिउडमा मात्र हैन हलिउडमा पनि आफ्नो कलाले मन जितेकी छिन्।

उमेरले ४७ वर्ष पुगेकी उनको अनुहारमा उमेरको कुनै असर देखिदैन। उनको अनुहार आज पनि कुनै युवतीको जस्तै ताजापनले भरिएको छ। आखिर सदाबाहर राम्री देखिन के गर्ने गर्छिन त बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ?

 

उनको सुन्दर अनुहारको पहिलो रहष्य हो दहि र महको मसाज। उनले एक अन्तर्वार्तामा आफ्नो अनुहारमा दहि र महले मसाज गर्ने र सधै सुन्दर बन्नको लागि कम केमिकल प्रयोग गर्नमा विश्वास राख्छिन।

 

ऐश्वर्या आफ्नो अनुहारमा घरेलू फेस मास्क लगाउछिन्। यो फेस मास्क क्रीम, बेसन र बेसार मिलाएर तयार हुन्छ। बेसन र बेसारको पेस्ट अनुहारको लागि निकै राम्रो मानिन्छ। आफ्नो तव्चालाई एउटा सन्तुलन डाइट चाइने बताउछिन् उनी। उनको प्राय फेस मास्क घरेलुउपाय मा आधारित छ।

 

मौसमअनुसार अनुहारको लागि लगाउने चीजलाई परिवर्तन गर्नुपर्छ। ऐश्वर्या आफ्नो अनुहारमा दुध र बदामको तेल प्रयोग गर्छिन। बदामको तेललाई तपाईले फरक-फरक तरिकाबाट लगाउन सक्नु हुनेछ। जस्तै: फेसमा सीरमको रुपमा लगाउन सकिन्छ। फेस मास्क बनाउँदा बदामको तेलको केहि थोपा त्यसमा मिलाउन सक्नु हुनेछ।

अनुहारमा रुखोपनअत्याधिक छ भने तपाई राति सुत्नु अघि मोइश्चराइजर लगाउँदा आफ्नो अनुहारमा बदामको तेल लगाउन सक्नु हुनेछ।

-एजेन्सी


क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ