२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भन्छन्, ‘नियन्त्रण गर्न नसके जेठ-असारमा कोरोना उच्च विन्दुमा पुग्न सक्छ’

स्वास्थ्यमन्त्री भन्छन्, ‘नियन्त्रण गर्न नसके जेठ-असारमा कोरोना उच्च विन्दुमा पुग्न सक्छ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यका मापदण्ड पालना गरी कोरोना नियन्त्रण गर्न नसके जेठ—असार, २०७८ मा नेपालमा संक्रमण उच्च विन्दुमा पुग्ने आँकलन गरेको बताएका छन् । सोमबार संसद बैठकमा बोल्दैं मन्त्री त्रिपाठीले छिमेकी देश भारतमा संक्रमण बढिरहेको उल्लेख गर्दै त्यसले नेपाललाई थप सर्तक र सचेत बनाएको उल्लेख गरे ।

‘कोभिडलाई नियन्त्रण गर्नका लागि आवागमनलाई थप व्यस्थित गर्दै रोगको शीघ्र पहिचान र आइसोलेसन, शंकास्पद व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसमा सबैको ध्यान जान जरुरी छ,’ उनले भने ।

रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले वैज्ञानिक तथ्यमा आधारित रहेर यथार्थपरक नीतिहरु अवलम्बन गरेको मन्त्री त्रिपाठीको भनाइ थियो । कोभिड खोपको प्राप्ति र कार्यन्वयनका लागि आवश्यक सबै नीतिगत निर्णय २० पुस २०७७ मै गरिसकेको उनले बताए ।

मन्त्री त्रिपाठीले कोरोना सम्बन्धि भयाक्सिन खरिद सम्बन्धी अध्यादेस संसदमा अगाडि नबढेको भन्दैं चिन्ता समेत व्यक्त गरे । ‘अध्यादेश पहिलो दिन प्रस्तुत हुन सकेन । यसको अभावमा खोप आउन सक्दैनथ्यो । यो अध्यादेशले कानुनी रूप लिएन भने हामीले लगाएको खोप गैरकानुनी लागुऔषधमा परिणत हुन्छ,’ मन्त्री त्रिपाठीले नीतिगत व्यवस्था गर्नका लागि अध्यादेश ल्याएको बताउँदै भने, ‘हामीले लगाएको खोप फिर्ता लिन सकिँदैन । यो विषय अन्य विषयभन्दा अलि अलग हो । किनभने हामीले यसभन्दा अगाडि हामीले यसप्रकारका खोपको विषयमा परिकल्पना पनि गरेका थिएनौं ।काननुमा व्यवस्था पनि थिएन । सरकारले बाध्यात्मक रूपले यो अध्यादेश ल्याएको हो ।’

उनले हालसम्म नेपालमा संक्रमणको प्रसार दुई वटा वेभमा आएको बताउँदैं पहिलो जेठ, २०७७ को दोस्रो सातादेखि बढ्दैं असारको दोस्रो साता उच्च विन्दुमा पुगेर साउनको दोस्रो साता न्यून अवस्थामा पुगेको बताए । ‘त्यसपछि पुनः संक्रमण बढ्दैं कात्तिक, २०७७ को दोस्रो साता संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो,’ उनले भने, ‘कात्तिक ५ मा एकैदिख धेरै संक्रमित थपिएको दिन ५ हजार ७ सय ४३ नयाँ संक्रमितको पहिचान भएको थियो ।’ उनले कात्तिक महिनामा संक्रमण दर सबैभन्दा उच्च रहेको जानकारी दिदैं त्यसपछि दिनमा संक्रमण क्रमसः घट्दैं गएको माघमा पहिलो साता निकै कम भएकोमा बताए । ‘तर, अहिले पुनः संक्रमण बढ्दैं गएको छ,’ उनले भने ।

नेपालमा चैत्र २२ गतेसम्म २२ लाख ८५ हजार बढीको प्रयोगशाला परीक्षण गरिएको, २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको जानकारी उनले दिए । पहिचान भएकामध्ये ९८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्री त्रिपाठीले बताए । २२ गतेसम्म ३ हजार ३२ जनाले नेपालमा ज्यान गुमाएको बताउँदैं उनले नेपालमा यस रोगको संक्रमणबाट मृत्यु हुने दर १.१ प्रतिशत रहेको जानकारी दिए ।

नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार, सबै समुदाय र सरोकारवालाको सहयोग र सहकार्यका कारण कोभिड—१९ कारण हुने संक्रमण र मृत्युदर कम गर्न सकिएको मन्त्री त्रिपाठीको भनाइ थियो ।

सोमबारमात्रै ४ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गरेकोमा २६६ जनामा पोजेटिभ देखिएको बताउँदैं उनले नेपाल विस्तारै कोरोनाबाट प्रभावित हुने क्रम बढ्दैं गइरहेको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा केही समस्या देखिएपनि समग्रमा तीनै तहका सरकारले राम्रो भूमिका खेलेको उनले बताए । साथै, मन्त्री त्रिपाठीले कोभिड—१९ परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितीबाट अहिले नेपालले ४८ वटा सरकारी र ३६ वटा निजी गरी ८४ वटा प्रयोगशाला पिसिआर परीक्षण सुरु गरिएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ