२०८२ कात्तिक १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलुम्बिनी प्रदेशमा बढ्न थाले झाडा पखालाका बिरामी

लुम्बिनी प्रदेशमा बढ्न थाले झाडा पखालाका बिरामी


बुटवल—तराई क्षेत्रमा गर्मी बढेसँगै लुम्बिनी प्रदेशका अधिकांश अस्पतालहरुमा झाडा पखालाका बिरामी बढ्न थालेका छन् । तराईका क्षेत्रहरुमा गर्मी सुरु हुँदा झाडा पखालाका बिरामी देखिने गरेपनि यस पटक देखा परेको झाडा पखाला भने फरक किसिमको रहेको चिकित्सकहरुको भनाइ छ ।

यो पटक देखा परेको झाडा पखाला निको हुन झण्डै एक हप्ता लाग्ने गरेको छ । झाडा पखाला निको हुन लामो समय लाग्ने र नियमित औषधी चलाउनुपर्ने अवस्था रहेको डा. सन्तोष भुषाल बताउँछन् ।

‘मौसम परिवर्तन हुँदा झाडा पखालाका बिरामीहरु देखिन्छन् । त्यो सामान्य नै हो तर यस पटक फरक किसिमले देखा परेको छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका अधिकांश अस्पतालहरुमा झाडा पखालाका बिरामीको चाप बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक झण्डै एक सयको हाराहारीमा झाडा पखालाका बिरामी आउने गरेको तथ्यांक छ ।

झाडा पखालाका बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकाकालाई खानपान र सरसफाइमा ध्यान दिन नसक्दा झाडापखला देखा परेको बालरोग विषेशज्ञ डा. सन्तोष पोखरेल बताउँछन् ।

झाडा पखालाका कारण जलवियोजनको जोखिम

झाडा पखालाका कारण जलवियोजनको जोखिम बढेको छ । झाडा पखाला हुँदा शरीरमा पानीको मात्रा कम हुँदै जाने हुँदा जलवियोजनको जोखिम बढेको डा. पोखरेल बताउँछन् । बिरामीमा जलवियोजन भएको पाइएमा सलायन चढाउनु पर्ने हुन्छ । जलवियोजन हुँदा तिर्खा लागिरहन्छ, ओंठ मुख सुख्खा हुने, रुदा आँशु नआउनेजस्ता लक्षण देखिन्छन् ।

झाडा पखालाले कमजोर बनाउनुका साथै आँखाभित्र गाडिने समस्या देखा पर्ने गर्दछ । यस्तो बिरामीले झर्को मान्ने, बेचैन हुने, शिथिल हुनेजस्ता लक्षण देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

कसरी बच्ने ?

फोहोर पानी, खाना र रोगीको दिशाबाट झाडा पखाला सर्ने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । सडेगलेको बासी खाना नखाने, बालबालिकालाई हात राम्रोसँग धोएर मात्र खाना खान दिने, पानी उमालेर पिउने गरेमा पनि झाडा पखालाबाट बच्न सकिने डा. पोखरेलको भनाइ छ ।

बिरामीलाई प्रशस्त सफा पानी पिउन लगाउनुपर्ने र अवस्था हेरी अस्पताल पु¥याउनुपर्नेमा चिकित्सकको जोड छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ