२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भगवान कोइरालाको नेतृत्वमा ११ सदस्सीय कोभिड–१९ अनुगमन समिति गठन

डा. भगवान कोइरालाको नेतृत्वमा ११ सदस्सीय कोभिड–१९ अनुगमन समिति गठन


काठमाडौं–कोभिड–१९को महामारी बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी सबै काउन्सिलका अध्यक्ष र मेडिकल सम्बन्धी विषयगत संस्थाका अध्यक्ष सदस्य हुने गरी ११ सदस्सीय अनुगमन समिति बनाइएको हो ।

समितिका सदस्यहरुमा मन्त्रालयका गुणस्तरमापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नर्सिङ्ग काउन्सिल अध्यक्ष, मेडिकल काउन्सिलका अध्यक्षले तोकेको व्यक्ति सदस्य छन् ।

त्यसैगरी, अन्य सदस्यहरुमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, निजी अस्पताल तथा नर्सिङ होम एसोसिएसनका अध्यक्ष वसन्त चौधरी, नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष डा. सुमित मास्के र नेपाल मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्धीन अन्सारी रहेका छन् ।

सो समितिको सदस्यसचिव मन्त्रालयको एचइओसी इकाई प्रमुख डा समीरकुमार अधिकारीलाई तोकिएको छ ।

समितिले कोभिड–१९ संक्रमणमा अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचार र जनगुनासोलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ