२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसुनकोशीमा काेभिड उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई ७०% प्राेत्साहन भत्ता र ५ लाखकाे जीवन विमा

सुनकोशीमा काेभिड उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई ७०% प्राेत्साहन भत्ता र ५ लाखकाे जीवन विमा


काठमाडौँ – सुनकोशी गाउँपालिकाले कोभिड-१९ उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७० प्रतिशत प्राेत्साहन भत्ता र ५ लाख जीवन विमाको व्यवस्था गर्ने निर्णय गरेको छ। उक्त गाउँपालिकाको कार्यपालिकाले बुधबार उक्त निर्णय गरेको हो।

सो गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जि.सीले निकालेको विज्ञप्तिमा भनिएको छ,’कोरोना नियन्त्रणमा खटिएका कर्मचारी र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ७० प्रतिशत प्रोत्साहन भत्ता र संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएमा एकमुष्ठ ५ लाख र निजको सन्तानलाई उच्च शिक्षासम्मको नि:शुल्क छात्रवृति उपलब्ध गराइने निर्णय भएको छ।’

No description available.


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ