२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके हो नाडीशोधन प्राणायाम ? के-कस्ता छन् फाइदा ?

के हो नाडीशोधन प्राणायाम ? के-कस्ता छन् फाइदा ?


शरीरका समपूर्ण स्नायुहरूलाई शोधन गरी निर्मल बनाउने हुनाले यसको नाम नाडीशोधन प्राणायाम रहन गएको हो ।
नाडीमा दूषित प्राणवायुका कारण सन्तुलन बिग्रनुका साथै स्वास्थ्य र साधना दुवै बिग्रन जान्छ ।

शारीरिक, मानसिक स्वस्थ र आध्यात्मिक उन्नति प्राप्त गर्न नाडीशोधन प्राणायाम श्रेष्ठ मानिन्छ । नाडीशोधनका विभिन्न चरणहरू छन् तर यहाँ प्रारम्भिक तीन चरणहरू मात्र प्रस्तुत गरिएको छ ः

चरण १

विधि
— सर्वप्रथम एक ध्यानात्मक आसनमा सम्पूर्ण ढाड सोझो पारी बस्नुहोस् ।

— अब देब्रे हातलाई ज्ञान मुद्रामा घुँडामाथि राखी दाहिने हातलाई माथि उठाउनुहोस् ।

— दायाँ हातको चोर र माझी औँलालाई निधारमा अड्याउनुहोस् nर नाकको दायाँ प्वाललाई दायाँ हातको बुढीऔँलाले बन्द गर्दै बायाँ प्वालबाट विस्तारै लामो श्वास लिनुहोस् र पेट छाती पूरा फुल्ने गरी श्वास भर्नुहोस् ।

— लगत्तै नरोकीकनै विस्तारै ढिलो गतिमा उही बायाँ प्वालबाटै पहिले छातीको र त्यसपछि पेटको हावा बाहिर निकाल्नुहोस् । यो एक चक्र  भयो । यसरी बायाँबाट श्वास तानेर बायाँबाटै छोड्ने विधिलाई पाँच चक्र अभ्यास गर्नुहोस् ।

चरण २

विधि

— अब साहिँली एवम् कान्छी एक आपसमा टँसाएर बायाँ नासिका बन्द गरी बुढीऔँला हटाई दायाँ प्वाललाई खोल्नुहोस् ।
— दायाँ प्वालबाटै विस्तारै ढिलो गतिमा श्वास लिनुहोस् । पहिले पेट तथा त्यसपछि छातीमा भर्नुहोस् र नरोकीकन उही बायाँ  प्वालबाटै पहिले छाती र त्यसपछि पेटको हावा बाहिर निकाल्नुहोस् ।

— यसरी दायाँबाट श्वास तानेर दायाँबाटै छोड्ने विधिलाई पनि पाँच चक्रमा अभ्यास गर्नुहोस् ।

चरण ३

विधि

— नाकको दायाँ प्वाललाई दायाँ हातको बुढीऔँलाले बन्द गर्दै बायाँ प्वालबाट विस्तारै लामो श्वास लिनुहोस् र पेट एवम् छाती पूरा फुल्ने गरी श्वास भर्नुहोस् ।

— लगत्तै नरोकीकनै श्वास भरेको भन्दा विपरीत दायाँ प्वाललाई खोली विस्तारै ढिलो गतिमा हावा बाहिर निकाल्नुहोस् ।

— तत्कालै जुन प्वालबाट श्वास छोडियो त्यसै दायाँ प्वालबाट ढिलो गतिमा लयबद्ध किसिमले पुनः श्वास तानी पेट र छातीमा हावा पूरा भर्नुहोस् र उही गतिमा छाती र पेटको हावा अर्को प्वालबाट बाहिर निकाल्नुहोस् ।

— एवम् किसिमले जसबाट छोडियो त्यसैबाट लिई विपरीतबाट छोड्ने र लिने अभ्यास गर्नुहोस् ।

— प्रचलित भाषामा यस चरणको अभ्यासलाई अनुलोमविलोम प्राणायाम भनिन्छ । यसलाई पाँच चक्रमा अभ्यास गर्नुहोस् ।

फाइदा

  • यसले तनावलाई कम गर्छ ।
  • मस्तिष्कको दायाँ र बायाँ भागलाई सन्तुलित गर्छ ।
  • यसले शरीरका सम्पूर्ण क्रियालाई
    पनि सन्तुलित गर्छ ।
  • यसबाट नाडी शुद्ध र निर्मल हुन्छ ।
  • रगत शुद्ध हुनका साथै अनुहारमा कान्ति आउँछ ।
  • पाचन, अवशोषण र मल निष्कासन नियमित
    हुन्छ ।
  • मनमा एकाग्रता आउँछ ।
  • चित्त
    शुद्ध हुन्छ ।
  • कुण्डलिनी साधनामा विशेष सहयोग पु¥याउँछ भने अन्य आध्यात्मिक साधनाका लागि पनि यो आधारभूत अभ्यास हो ।

-राष्ट्रिय योगाक्रमबाट 


क्याटेगोरी : समाचार
ट्याग : #नाडीशोधन प्राणायाम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ