२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाढे ६ सय करोड लगानीको ‘ड्रिम प्रोजेक्ट’ अगाडि बढाउँदैं नेपाल औषधी लिमिटेड

साढे ६ सय करोड लगानीको ‘ड्रिम प्रोजेक्ट’ अगाडि बढाउँदैं नेपाल औषधी लिमिटेड


काठमाडौं—सरकारले नेपाल औषधी लिमिटेडको स्वरुप फेर्ने तयारी गरेको छ । औषधी लिमिटेडका महाप्रबन्ध मोहम्मद साफीउल्लाहले झण्डै साढे ६ सय करोड लगानीको दुई वटा दीर्घकालीन योजना अगाडि बढाइएको बताए ।

जसमा गोरखाको आबुखैरेनीमा १ सय रोपनी जग्गा लिएर प्लान्ट निर्माण हुनेछ । जसमा फर्मास्युटिकल्स, न्युट्रासिटिकल्स, वाटर इन्डष्ट्रीएल, थर्ड पार्टी म्यानिफ्याक्चर, कन्ट्याक्ट म्याचिफ्याक्चर रहनेछ । फर्मास्युटिकल्सअन्तर्गत जनरल प्रोडक्ट, स्पेशलिष्ट प्रोडक्ट र बायोलोजिकल प्रोडक्टहरु उत्पादन हुनेछन् । यस्तै, न्युट्रासिटिकल्समा बेबी फुड र फुड सप्लीमेन्टहरु उत्पादन गरिनेछ । यस्तै, वाटर इन्डष्ट्रीएलअन्तर्गत फर्मा/इन्डष्ट्रीएल वाटर र खानेपानी उत्पादन हुनेछ ।

यो उत्पादन प्लान्ट बनेर पूर्ण रुपमा सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रियस्तरमा औषधी खपत गरी मुनाफा लिइने र नेपालीलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।

आबुखैरेनीमा बन्ने फ्याक्ट्रीको मोडल

आबुखैरेनीको उक्त क्षेत्रफलमा फ्याक्टीका संरचनासँगै कर्मचारीहरुका लागि आवासीय संरचना पनि निर्माण हुनेछ । यो प्रोजेक्टमा झण्डै ८० करोड खर्च हुने प्रक्षेपण गरिएको महाप्रबन्धक साफीउल्लाहले जानकारी दिए ।

औषधी उधोग आबुखैरेनीमा सारेसँगै नेपाल औषधीले लिमिटेडले बबरमहलमा रहेको ४३ रोपनी जग्गामध्ये २४ रोपनी क्षेत्रमा १२ तले अत्याधुनिक व्यापारिक कम्प्लेक्स बनाउने तयारी छ । नेपाल औषधी कम्पनी लिमिटेड (एनएएल) कम्प्लेक्स निर्माण हुनेछ । जसमा दुई तला अन्डरग्राउण्ड हुनेछ भने १० तला व्यापारिक प्रयोजनमा प्रयोग हुनेछ ।

सो कम्प्लेक्समा नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने सबै औषधीको मुख्ष् डिलर रहनेछन् । साफीकाअनुसार ती डिलरमा २४ सैं घण्टा कर्मचारी अनिवार्य गरिने र इमर्जेन्सी परेका बेला आवश्यक औषधी सहजै पाउने व्यवस्था हुनेछ । ‘एनएएल कम्प्लेक्सलाई सबै औषधीको सेन्टरलाइज मार्केटका विकास गरिनेछ,’ उनले हेल्थआवाजसँग भने, ‘साढे ५ अर्ब लगानी गरेर निर्माण हुन लागेको सो कम्प्लेक्सबाट मासिक ७ करोड ४८ लाख बढी आम्दानी गर्ने लक्ष्य छ ।’

बबरमहलमा बन्ने कम्प्लेक्सको मोडल

उक्त कम्प्लेक्स निर्माणका लागि सरकारी अनुदान, अन्तर्राष्ट्रिय अनुदान, बैक ऋण र रेभ्न्यु सेयरिङ पोलिसीअन्तर्गत लगानी जुटाइने उल्लेख छ ।

यसबाहेक नेपाल औषधी लिमिटेडको नयाँ भवन नबनुन्जेलसम्म करिब १० करोडमा लगानीमा नयाँ मेसिनहरु ल्याएर नयाँ प्रोडक्टहरु उत्पादन गर्ने तयारी भइरहेको साफीले बताए । तत्काललाई हेमोडाइलाइसिसका लागि आवश्यक औषधी उत्पादन गर्नका लागि मेसिन किन्ने काम अन्तिम चरणमा पुगेको छ । महाप्रबन्धक मोहम्मदकाअनुसार तीन महिनाभित्रमा हेमोडाइलाइसिसका लागि आवश्यक पर्ने टाइम ए र टाइप वी प्रोडक्ट औषधी लिमिटेडले उत्पादन गर्नेछ ।

हाल हेमोडाइलाइसिस सम्बन्धि औषधीहरु अमेरिका र थाइल्याण्डबाट ल्याउने गरिएको छ । जुन अत्याधिक महंगो पर्ने गर्छ । नेपालमै उत्पादन भए एक पटक डाइलाइसिस गर्दा लाग्ने खर्चमा १ हजार ८ सय रुपैयाँ कम हुन सक्ने उनले बताए । अहिले नेपाल औषधी लिमिटेडले सिटामोल, जीवनजल, स्यानिटाइजर र औषधी कम्पनी र जहाजमा प्रयोग हुने पानी उत्पादन गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल औषधी लिमिटेड, #मोहम्मद साफीउल्लाह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ