२०८२ चैत्र २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८०५ जनामा कोभिड-१९ संक्रमण, ९११ जना संक्रमणमुक्त

नेपालमा थप ८०५ जनामा कोभिड-१९ संक्रमण, ९११ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ८ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख २ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७३ हजार १ सय ४० पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ