२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स

५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स

स्वास्थ्यका अतिरिक्त स्वास्थ्य सचिवको संख्या १७ पुग्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय शैय्याका सबै संघीय अस्पतालमा जनशक्तिको एकरुपता ल्याउनका लागि नयाँ संगठन संरचना (ओएनएम) प्रस्ताव गरेको छ । मन्त्रालयले तयार गरेको सो संगठन संरचना सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

मन्त्रालय स्रोतबाट हेल्थआवाजलाई प्राप्त ५ सय शैय्याका संघीय अस्पतालको प्रस्तावित संगठन संरचनाको नेतृत्व १२ औं तहका अतिरिक्त स्वास्थ्य सचिवले गर्ने उल्लेख छ । हाल संघीय अस्पतालहरुमध्ये वीर अस्पतालमा मात्रै १२ औं तहको नेतृत्व रहने प्रावधान छ । तर, यो प्रावधान लागु भएको एक वर्ष बितिसक्दा पनि कार्यन्वयन भने हुन सकेको छैन ।

तर, अब नयाँ संगठन संरचना अर्थले सहमति दिएर क्याबिनेटबाट पास भएमा सबै १४ वटै संघीय अस्पतालमा १२ औं तहको नेतृत्व हुनेछ । यो संगठन संरचना लागु हुँदा स्वास्थ्य मन्त्रालयअन्तर्गत अतिरिक्त सचिवको संख्या १७ पुग्नेछ ।

संघीय अस्पतालहरुको नयाँ प्रस्तावित संरचनामा अतिरिक्त सचिवको नेतृत्व १ हजार ८७ जना कर्मचारी रहनेछन् । जसमा ५ औंदेखि १२ औं तहसम्मका ९ सय ३४ जना स्थायी कर्मचारी रहनेछन् भने श्रेणीबिहीन १ सय ५३ जनालाई करार सम्झौतामा लिइने उल्लेख छ ।

नयाँ संगठन संरचनामा ११ औं तह प्रमुख कन्सल्ट्यान्ट ४७ जना, ९—१० औं तहका वरिष्ठ कन्सल्ट्यान्ट १ सय १७ जना, ८ औं तहका मेडिकल अधिकृत १ सय ४२ जना र डेन्टल सर्जन ७ जना गरी कुल ३ सय १३ जना चिकित्सकको दरबन्दी प्रस्ताव गरिएको छ ।

त्यसैगरी, ११ औं तहको १ जना प्रमुख नर्सिङ प्रशासक, ९—१० औं तहको वरिष्ठ नर्सिङ प्रशासक ३ जना, ७—८ औं तहको नर्सिङ अधिकृत ३३ जना र ५—६ औं तहको जनरल नर्सिङ स्टाफ ४ सय १० जना गरी ४ सय ४७ जना नर्सिङ दरबन्दी रहनेछ ।

त्यसैगरी, ८ औं तहको क्लिनिकल फर्मासिष्ट १ जना, ७—८ औं तहको फार्मेसिष्ट ६ जना र ५—६ औं तहको फार्मेसी सहायक २० जना गरी २७ जना रहने प्रस्ताव छ ।

५०० शैय्याका अस्पतालको प्रस्तावित दरबन्दी


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #५०० शैय्या अस्पताल, #प्रमुख कन्सल्ट्यान्ट, #वरिष्ठ कन्सल्ट्यान्ट, #संघीय अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ