२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ?

डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ?


नेपालको सन्दर्भमा अधिकांश व्यक्तिमा देखा परेको विभिन्न शारीरिक समस्यामध्ये छारे रोग पनि एक हो । यो समस्या प्रत्येक १ हजारमध्ये ५ देखि १० जना व्यक्तिमा देखेको पाइएको छ । उचित उपचारपछि पूर्ण रुपमा निको हुने भएतापनि आर्थिक, सामाजिक, पारिवारिक स्थिति, तनाव तथा अचेतनाजस्ता विभिन्न कारणवंश अधिकांश व्यक्तिमा यस समस्याले आक्रमण गरेको देखिन्छ । यसलाई मेडिकल टममा ‘सिजर अथवा इपिलेप्सी’ पनि भनिन्छ । यसका विभिन्न प्रकारहरु रहेकोले यसको लक्षण तथा समस्या सबैमा समान रुपमा देखा पर्छ भन्ने हुँदैन । यो उमेर तथा समूहपिच्छे व्यक्तिमा फरक–फरक रुपमा देखा पर्छ ।

बालबालिकाको सन्दर्भमा भन्ने हो भने प्रायजसोः उनीहरुमा ‘एब्सेन्स सिजर’ देखा पर्ने गरेको छ । यस समस्याबाट ग्रसित हुने बालबालिकामा टोलाउने समस्या देखा पर्छ । केही क्षणको निम्ति उनीहरु पूरै अनकन्सियस (बेहोस) भई टोलाउने गर्छन् । ती समयमा भएका गतिविधिबारे उनीहरु पूर्ण रुपमा अनभिज्ञ रहन्छन् । यो थोरै समयको निम्ति हुने भएकोले उनीहरुको वरपर रहने व्यक्तिहरु समेत यस विषयप्रति अनभिज्ञ रहन्छन् ।

यसैगरी, ‘फोकल छारे रोग’ को विषयमा भन्नुपर्दा यस सिजरअन्तर्गत भने व्यक्तिको हात वा मुख मात्रै काम्ने हुन्छ । यसमा अन्य सामान्य तथा साझा रुपमा देखा पर्ने छारे रोगमा जस्तो लक्षण देखा पर्दैनन् । तर, साझा समस्याका रुपमा देखा पर्ने लक्षणहरु भने यसप्रकार रहेका छन् ।

  • अकस्मात् हातखुट्टा काम्ने
  • रिंगटा लाग्ने
  • बेहोस हुने
  • मुखबाट फिँज काढ्ने
  • आँखा पल्टाउने
  • कपडामै पनि दिशा पिसाब हुने

कारणहरु

यसको मुख्य कारण प्रदूषित खाना तथा वातावरणलाई मान्न सकिन्छ । प्रदूषित वातावरणका कारण हामीले खाना खादा पानी तथा माटोजस्ता विभिन्न माध्यमबाट जुका हाम्रो पेटमा पुग्छ । र, क्रमिक रुपमा त्यसले लार्भाको रुप लिई रगतमा बहदै सम्पूर्ण शरीरमा फैलन्छ । यसरी शरीरमा फैलिएको जुका कतिपय अवस्थामा शरीरको विभिन्न अंगमा गएर मर्छन् भने कतिपय जीवित रहेका जुका हाम्रो मस्तिष्कमा गएर सक्रिय रहन्छन् । र, यसैबाट व्यक्तिमा छारेरोग देखा पर्छ ।

यसैगरी यसको मानसिक पक्षसँगको सम्बन्धको विषयमा भन्नुपर्दा प्रायजसोः महिलाहरुमा उच्च तनावका कारण पनि यस्ता समस्या देखा पर्ने गरेको पाइएको छ । र, यसैकारण ती तनावहरु बाहिर निस्कन खोज्ने क्रममा व्यक्ति काम्ने तथा बेहोस हुन सक्नेजस्ता लक्षणहरु देखापर्छ ।

  • टाउकोमा लागेको चोटपटक
  • अल्कोहलको प्रयोग
  • अनिँदो
  • तनाव
  • ट्रिगर
  • फ्ल्यासिङ लाइट
  • होहल्ला तथा भिडभाड
  • र, वशांणुगत अवस्था ।

कसरी गर्ने पहिचान ?

व्यक्तिमा छारे रोग लागेको कुरा हामी आफैले निक्र्यौल गर्न सक्दैनौ । सुगरका बिरामीहरु पनि कहिलेकाहीँ सुगरको गडबडीका कारण अकस्मात् ढल्ने र मुखबाट फिँज काढ्ने भएकोले हामीले यसरी अकस्मात् ढलेर मुखबाट फिँज काढ्ने जति सबै छारेरोग बिरामी हो भन्न मिल्दैन । तर, यसको निम्ति हामीले यस्ता लक्षण देखा परेका व्यक्तिहरुको आनीबानीबाट पनि यस रोगको पहिचान गर्न सकिन्छ ।

जस्तो कुनै पनि बालबालिका लगातार टोलाइरहन्छ र उसको पढाइको गति पनि दिनानुदिन खस्किँदै गएको छ भने ती अवस्थामा भने हामीले उक्त बालबालिका माथि शंका गर्नुपर्ने हुन्छ । यस्तै कुनै—कुनै व्यक्तिमा हातखुट्टा तथा मुख लगातार काम्ने वा हुल तथा भिडभाडमा अर्धचेत अवस्थामा हुने अवस्था देखा पर्छ भने त्यस्तो बिरामीहरुमा पनि छारे रोग देखिन सक्ने सम्भावना उच्च रहन्छ ।

उपचार तथा बच्ने उपाय

किड्नी सम्बन्धि समस्या देखा पर्दा वा रगतमा पोटासियमको कमीका कारण पनि कुनै–कुनै व्यक्ति बेहोस हुने भएकोले यस रोगको उपचारको विषयमा भन्नु पर्दा सर्वप्रथम हामीले व्यक्तिमा देखा परेको रोग छारे रोग हो कि होइन भन्ने विषयमा निश्चित हुनुपर्छ । यदि व्यक्तिमा देखा परेको उक्त समस्या छारे रोग नै हो भन्ने कुराको निश्चित भएमा के कारणले व्यक्तिमा उक्त समस्या देखा प¥यो भन्ने विषयमा पनि बुझ्नु जरुरी छ । तसर्थ व्यक्तिमा देखा परेका समस्याको कारण पहिचान गर्न सकेमा हामीले यस रोगको निराकरण पनि सजिलै गर्न सकिन्छ ।

कुनै पनि छारे रोग लागेर ढलेको व्यक्तिमा केहि समय पश्चात् आफै चेतना आउँछ । तर, यसो भन्दैमा हामीले यसलाई बेवास्ता भने गर्नु हुँदैन । माथि उल्लेख गरेजस्तै कतिपय अवस्थामा जुका हाम्रो मस्तिष्कमा गएर बसेको अवस्थामा भने यसले बिरामीमा गम्भीर समसया समेत निम्त्याँउन सक्छ । तसर्थ हामीले व्यक्तिमा यसता समस्या के कारणवश् देखा प¥यो भन्ने कुराको पत्ता लगाइ सो कारणको उपचार गर्नुपर्छ । र, हालसम्मको तथ्यांकले के बताएको छ भने अधिकांश ६० देखि ७० प्रतिशत छारे रोग २ वर्षसम्मको लगातार औषधीको सेवनद्वारा पूर्ण रुपमा निर्मुल पार्न सकिन्छ ।

माथि उल्लेखित उपचार प्रक्रिया यस्ता समस्या देखा परेको बिरामीको समस्या कम गर्नको निम्ति व्यक्ति स्वयं तथा अस्पताल ल्याएर गर्ने भएतापनि कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरु बाटोमा नै पनि ढल्न सक्ने सम्भावना हुन्छ । त्यस्ता व्यक्तिमा देखा परेको समस्या छारे रोग नै हो भन्ने निश्चय भएपश्चात् भने हामीले उनीहरुमा निम्न उपायद्वारा उनीहरुको मद्धत गर्न सकिन्छ ।

  •  बिरामीलाई शान्त तथा सुरक्षित वातावरणमा लग्ने
  • बान्ता हुने भएकोले बायाँतर्फ कोल्टो पारेर सुताउने
  • शरीरको कपडा खुकुलो बनाइदिने
  • जबरजस्ती मुख खोल्न नखोज्ने
  • अक्सिजनको पहुँच भएको स्थानमा राख्ने
  • र, तुरुन्त नजिकको स्वस्थ्य संस्थामा लैजाने ।

प्रस्तुतीःसृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ