२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआत्महत्या रोकथाममा सकारात्मक योगदान गर्न मिडियालाई स्वास्थ्य राज्यमन्त्रीको आग्रह

आत्महत्या रोकथाममा सकारात्मक योगदान गर्न मिडियालाई स्वास्थ्य राज्यमन्त्रीको आग्रह


धुलिखेल—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले आत्महत्या रोकथाममा सञ्चारजगतलाई सकारात्मक योगदान गर्न आग्रह गरेका छन् । मंगलबार आत्महत्या सम्बन्धी जिम्मेवार रिपोर्टिङ कार्यशाला गोष्ठीमा मन्तब्य राख्दैं स्वास्थ्य राज्यमन्त्री खापुङले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालमा आत्महत्या गर्ने बानी बढिरहेको बताउँदैं यसका कारणहरु खोज्नुपर्नेमा जोड दिए । गत वर्षमा मात्रै ७ हजार १ सय जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत भएको उल्लेख गर्दै उनले दिनानुदिन आत्महत्या गर्नेहरु बढिरहेकाले यसका कारणहरु खोजेर रोकथामका लागि काम गर्नुपर्ने उल्लेख गरे ।

स्वास्थ्य क्षेत्रमा मन्त्रालयबाट गर्ने काममा अनेक बाटाहरुलाई अगाडि बढाउन आफ्नो सहयोग रहने बताउँदैं नसर्ने रोग र मानसिक रोगको जनशक्ति वृद्धि गर्नका लागि आवश्यक छलफल गर्न सकिने उनको भनाइ थियो ।

‘कस्तो समाचार बनाउँदादेखि समाजलाई राम्रो दिशामा हिडाउन सकिन्छ, कस्तो खालको समाचार बनाउँदा यस्ता घटनाहरु न्यूनीकरण हुन सक्छन् भन्ने बारेमा यहाँहरुको ठूलो भूमिका हुन्छ’ उनले भने, ‘मिडियाको समाजलाई कता लाने भन्ने महत्वपूर्ण भूमिका हुन्छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मानिसको मुड छिनछिनमै परिवर्तन हुने उल्लेख गर्दै यो बढ्दैं गएका डिप्रेसनतिर जाने बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को नेतृत्वमा एनसिडीले काम गरिरहेको र विश्व स्वास्थ्य संगठनको सहयोगमा संरचना तयार भइसकेको बताए ।

डा. सिंहले अब आवश्यकता स्कुलमा आधारित इन्टरभेन्सन रहेको उल्लेख गर्दै उनले स्कुल नर्सेसले बच्चालाई डिप्रेसजस्तो देखिने बच्चालाई समयमै उपचार गर्न सक्ने बताए । १५ देखि १९ वर्षको उमेर समूहमा निकै संवेदनशील उमेर समूह भएकाले त्यो समूहलाई हेर्ने गरी स्वास्थ्यको उपस्थिती बढाउँदै जानुपर्नेमा जोड दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले २०७७ सालको सर्वेक्षणले ४ लाख व्यक्तिहरुमा र १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर—किशोरीहरुमा केही न केही मानसिक स्वास्थ्य समस्या रहेको बताउँदैं त्यसका कारण ६.५ प्रतिशत वयस्कहरुले आत्महत्याको सोच बताएको देखाएको बताए । त्यसकारण आम मानिसहरुलाई सही सूचना दिन आवश्यक रहेको उनले बताए ।

‘मानसिक स्वास्थ्यको नेटवर्क गाउँ—गाउँसम्म पु¥याउने हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘यसपटक ठूला अस्पतालहरुमा १० शैय्याको भएपनि मानसिक स्वास्थ्यको अन्तरंग सेवा दिलाउने र प्रत्येक प्रदेशमा ५०—५० लाखको मानसिक रोगको औषधीको व्यवस्था गर्ने काम हामीले गरेका छौं ।’ प्रत्येक पालिकामा एक मानिसक स्वास्थ्य चिकित्सक र एक काउन्सिलर रहोस भन्ने सोचमा आफूहरु रहेको उनको भनाइ थियो ।

आत्महत्यालाई रोक्न लागि पोजेटिभ रिपोर्टिङ गर्नका आग्रह गर्दै डा. पौडेलले आउँदो पुस्तालाई सकारात्मक सोचका साथ देशलाई अगाडि बढाउने माहोल सिर्जना गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश संभाजीराव पाण्डवले आत्महत्यालाई रोकथाममा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले आत्महत्याको नयाँ ट्रेण्डमा आइरहेकाले रोकथाम चुनौतीपूर्ण रहेको बताए । आत्महत्याका घटनालाई लेखनमार्फत रोकथाममा लाग्नुपर्ने उनले जोड दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ