गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि यी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १२:११ मा प्रकाशित सन् २०२१ स्वास्थ्य र औषधीको हिसाबले निकै उत्साहजनक रह्यो । विश्वमा चिकित्सा विज्ञानको पछिल्लो इतिहासमा यति धेरै उपलब्धि यसअघि कहिल्यै भएको थिएन। यो वर्ष जहाँ औषधी निर्माणका लागि सबैभन्दा बढी अनुसन्धान र स्वीकृति प्राप्त भएको छ, त्यहाँ कोभिड–१९ महामारीदेखि मलेरियासम्मका घातक रोगहरूबाट जोगाउन भ्याक्सिन पनि निर्माण गरिएको छ । नयाँ खोपहरूदेखि लिएर अल्ट्रा-शार्प सीटी स्क्यानरहरूसम्म । यी हुन् ६ ठूला उपलब्धिहरु.. इनाेभेशन अफ द एयर कोभिड-१९ विरुद्धको लडाइमा भारत बायोटेकको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिशिल्ड, जोनसनएण्ड जोन्सन, फाइजर-बायोएनटेक र मोडर्ना लगायतका खोपहरु धेरै प्रभावकारी रहयो। सबैलाई डब्ल्यूएचओले पनि मान्यता दिएको थियो। इबोला आक्रमण रोक्न एन्टिबडी शट इबोलासँग लड्न अमेरिकी कम्पनी रेजेनेरोन फार्मास्युटिकल्सले बनाएको इनमाजेबले पनि यसै वर्ष स्वीकृति पाएको छ । यो मोनोक्लोनल एन्टिबडी उपचारमा अत्यन्त प्रभावकारी साबित भएको छ। इबोलाका कारण शरीरको नसाबाट रगत निस्कन थाल्छ, जसका कारण आन्तरिक रक्तस्राव हुन थाल्छ । कलेजो बचाउने जीन थेरापी सन् २०२१ मा जीन थेरापीको क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ। पहिलोपटक इन्टेलिया थेरेप्यूटिक्स र रीजेनरोन फार्मास्युटिकल्सका अन्वेषकहरूले जीन सम्पादन उपकरण सिधै व्यक्तिको शरीरमा इन्जेक्सन गरेर आनुवंशिक कलेजो रोगको सफलतापूर्वक उपचार गरे। मोस्क्युरिस्क पहिलो मलेरिया खोप बन्यो मलेरिया रोकथामका लागि बेलायतको ग्ल्याक्सोस्मिथक्लाइनले विकास गरेको खोप ‘मास्क्युरिक्स’लाई डब्लूएचओले स्वीकृति दिएको छ ।मास्क्युरिक्स पहिलो इजाजतपत्र प्राप्त खोप हो जुन कुनै पनि प्रकारको परजीवीबाट हुने रोगहरू विरुद्ध उपयोग गर्न सकिन्छ। दुर्लभ, घातक आनुवंशिक रोगको लागि नयाँ उपचार अमेरिकास्थित एगर फार्मास्युटिकल्सको औषधी ‘जोकिनाभी’ अति दुर्लभ हचिन्सन-गिलफोर्ड प्रोजेरिया सिन्ड्रोमको उपचारका लागि प्रभावकारी छ। यो औषधि अत्यन्त दुर्लभ अटोसोमल जेनेटिक डिसअर्डरको उपचारमा प्रयोग गरिन्छ जसमा सानै उमेरमा छिटो बुढ्यौलीका लक्षणहरू देखा पर्छन्। कोरोनाबाट बच्न घरेलु परीक्षण किट विश्वका धेरै देशहरूले कोरोनाभाइरस पत्ता लगाउन घरेलु परीक्षण किटहरू लन्च गरेका छन्। भारतको आईसीएमआर रहेको माइल्याब डिस्कभरी सोलुसन कम्पनीको टेस्टिङ किटलाई स्वीकृत गरेको छ। जसले मात्र २ मिनेटमा स्व-परीक्षण गरेर १५ मिनेटमा कोभिड-१९ भएको नतिजा दिन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद