२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि

यी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि


सन् २०२१ स्वास्थ्य र औषधीको हिसाबले निकै उत्साहजनक रह्यो । विश्वमा चिकित्सा विज्ञानको पछिल्लो इतिहासमा यति धेरै उपलब्धि यसअघि कहिल्यै भएको थिएन। यो वर्ष जहाँ औषधी निर्माणका लागि सबैभन्दा बढी अनुसन्धान र स्वीकृति प्राप्त भएको छ, त्यहाँ कोभिड–१९ महामारीदेखि मलेरियासम्मका घातक रोगहरूबाट जोगाउन भ्याक्सिन पनि निर्माण गरिएको छ । नयाँ खोपहरूदेखि लिएर अल्ट्रा-शार्प सीटी स्क्यानरहरूसम्म ।

यी हुन् ६ ठूला उपलब्धिहरु..

इनाेभेशन अफ द एयर

  • कोभिड-१९ विरुद्धको लडाइमा भारत बायोटेकको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिशिल्ड, जोनसनएण्ड जोन्सन, फाइजर-बायोएनटेक र मोडर्ना लगायतका खोपहरु धेरै प्रभावकारी रहयो। सबैलाई डब्ल्यूएचओले पनि मान्यता दिएको थियो।

इबोला आक्रमण रोक्न एन्टिबडी शट

  • इबोलासँग लड्न अमेरिकी कम्पनी रेजेनेरोन फार्मास्युटिकल्सले बनाएको इनमाजेबले पनि यसै वर्ष स्वीकृति पाएको छ । यो मोनोक्लोनल एन्टिबडी उपचारमा अत्यन्त प्रभावकारी साबित भएको छ। इबोलाका कारण शरीरको नसाबाट रगत निस्कन थाल्छ, जसका कारण आन्तरिक रक्तस्राव हुन थाल्छ ।

कलेजो बचाउने जीन थेरापी

  • सन् २०२१ मा जीन थेरापीको क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ। पहिलोपटक इन्टेलिया थेरेप्यूटिक्स र रीजेनरोन फार्मास्युटिकल्सका अन्वेषकहरूले जीन सम्पादन उपकरण सिधै व्यक्तिको शरीरमा इन्जेक्सन गरेर आनुवंशिक कलेजो रोगको सफलतापूर्वक उपचार गरे।

मोस्क्युरिस्क पहिलो मलेरिया खोप बन्यो

  • मलेरिया रोकथामका लागि बेलायतको ग्ल्याक्सोस्मिथक्लाइनले विकास गरेको खोप ‘मास्क्युरिक्स’लाई डब्लूएचओले स्वीकृति दिएको छ ।मास्क्युरिक्स पहिलो इजाजतपत्र प्राप्त खोप हो जुन कुनै पनि प्रकारको परजीवीबाट हुने रोगहरू विरुद्ध उपयोग गर्न सकिन्छ।

दुर्लभ, घातक आनुवंशिक रोगको लागि नयाँ उपचार

  • अमेरिकास्थित एगर फार्मास्युटिकल्सको औषधी ‘जोकिनाभी’ अति दुर्लभ हचिन्सन-गिलफोर्ड प्रोजेरिया सिन्ड्रोमको उपचारका लागि प्रभावकारी छ। यो औषधि अत्यन्त दुर्लभ अटोसोमल जेनेटिक डिसअर्डरको उपचारमा प्रयोग गरिन्छ जसमा सानै उमेरमा छिटो बुढ्यौलीका लक्षणहरू देखा पर्छन्।

कोरोनाबाट बच्न घरेलु परीक्षण किट

  • विश्वका धेरै देशहरूले कोरोनाभाइरस पत्ता लगाउन घरेलु परीक्षण किटहरू लन्च गरेका छन्। भारतको आईसीएमआर रहेको माइल्याब डिस्कभरी सोलुसन कम्पनीको टेस्टिङ किटलाई स्वीकृत गरेको छ। जसले मात्र २ मिनेटमा स्व-परीक्षण गरेर १५ मिनेटमा कोभिड-१९ भएको नतिजा दिन्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ