युक्रेनी डाक्टरहरूले बेलायतमा आधारित अनलाइन युद्ध शल्यक्रिया पाठ्यक्रममा भाग लिइरहेका छन्। विश्वभर द्वन्द्व स्वास्थ्य सेवा सिकाउने डा. डेभिड नट र युक्रेनसँग गहिरो सम्बन्ध भएका न्यूरोसर्जन डाक्टर हेनरी मार्शले सयौं युक्रेनी डाक्टरहरूका लागि यो कोर्स गरेका हुन्।
सामान्यतया पाँच दिनको कोर्सलाई १२ घण्टाको जुम कलमा राखिएको थियो । जसमा डा. नट र डा मार्शले ब्यालिस्टिक्स र बर्न्स, न्यूरोसर्जरी र भास्कुलर सर्जरी गरेका थिए।
युद्ध शल्यक्रिया कुनै पनि डाक्टरले पहिले देखेको भन्दा फरक छ, ‘डा. डेभिड नटले भने। प्रतिकूल वातावरणलाई चरम स्रोत र समयको अभावमा गरिएका उपचारहरूमा केहि निर्णयहरू आवश्यक पर्दछ। डा. मार्शले सहभागीहरूलाई भने, ‘सधै तपाइहरुलाई यो ज्ञानको आवश्यकता पर्दैन तर, सबैभन्दा खराब समयको तयारीका लागि उत्तम छ।’
संयुक्त राष्ट्रसंघका अनुसार रुसी सेनाले सत्ता हातमा लिएको ११ दिनमा युक्रेनमा हालसम्म कम्तीमा ३६४ सर्वसाधारणको मृत्यु भएको छ भने ७५९ जना घाइते भएका छन् । यद्यपि, तथ्याङ्कहरू रिपोर्ट गरिएको भन्दा बढी हुन सक्छ।
रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी सहरहरूमा दशौँ हजार सर्वसाधारणको विचल्ली हुँदा मानवीय सङ्कट गहिरिँदै गएको छ। हालससम्म १५ लाखभन्दा बढी युक्रेनीले देश छोडिसकेका छन्।
-बीबीसी