२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य ऐनअनुसार नै लागु हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य ऐनअनुसार नै लागु हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

११३३ थरिका औषधी स्वास्थ्य बिमामा सूचीकरण गरिएको छ


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य विमा कार्यक्रम लागु हुने बताएका छन् । बुधबार संसदमा बजेटमाथि उठेका प्रश्नहरुको उत्तर दिदैं मन्त्री खतिवडाले निजी कम्पनीलाई स्वास्थ्य बिमा नदिइने प्रष्ट गरे ।

‘अर्थमन्त्रीको नियतबारे भोलि पनि उहाँ उभिनुहुन्छ सोध्नुहोला,’ मन्त्री खतिवडाले भने, ‘मेरो पनि म भन्दिन्छु, म लागु गर्दिन् । अहिलेको स्वास्थ्य ऐनले जे भनेको छ, जे उद्देश्यले गरिएको हो, जे भनिएको त्यही गर्छु ।’ यसअघि बजेटमा अर्थमन्त्री जनार्दन शर्माले निजी कम्पनीमार्फत बिमा कार्यक्रम लागु गर्ने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

‘मैले भनेको झुटो भएमा मंसिरसम्म यही हुन्छौं, त्यही बेला सोध्नुहोला,’ खतिवडाले थपे ।

यसअघि मिर्गौलाका बिरामीहरुको उपचार लागि १ लाख रुपैयाँ दिने गरिएको बताउँदैं उनले अहिले मिर्गौला बिरामीको उपचार लागि १० करोड छुट्याइएको बताए । यसले आगामी दिनमा किड्नीको उपचार निःशुल्क हुने बाटोतिर जाने संकेत गरेको उनको भनाइ थियो ।

यसअघि स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधी ७० वटा बाँडने गरिएकोमा अहिले अब ९८ वटा औषधी निःशुल्क बाँड्ने कुरा गरिएको मन्त्री खतिवडाले जानकारी दिए । स्वास्थ्य बिमाका लागि ११३३ थरिका औषधी समावेस गरिएको उनको भनाइ थियो ।

किड्नी, स्पानइनल कर्ड, क्यान्सर र डाइलाइसिस नियमित गरिरहेकाहरुलाई महिनाको ५÷५ हजार दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च भनेर ६ हजार दिने गरिएमा त्यसलाई वृद्धि गरेर १२ हजार पु¥याइएको मन्त्री खतिवडाले बताए । उनले सकेमा स्वास्थ्य स्वयंसेविकालाई निरन्तर स्थायी बनाउँदैं लैजानुपर्ने बताए ।

प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान स्थापना गर्ने भन्ने नीति आएको उल्लेख गर्दै रौतहटमा पनि लागु गर्न लागिएको उनले बताए । अस्पताल स्तरोन्नती र उपकरणका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

इमर्जेन्सी सेवा लिन आएका बिरामीहरुलाई सरकारी अस्पतालमा पैसा नभए नभएका कारण फिर्ता नगरिएको उल्लेख गर्दै उनले अझै पनि नगर्ने बताए । ‘गरिब को हो भनेर हामी नेताले भनेको मान्दैनौं,’ उनले भने, ‘उसको लवाइखवाइ, लुगा, उसलाई भेट्न आउने मान्छेलगायतका बिरामीका एक दुई दिनभित्रका गतिविधीबाट टुंग्याउँछौं ।’ यही आधारमा शतप्रतिशतदेखि पचास वा २० प्रतिशतसम्म छुट गर्ने गरिएको उनको भनाइ थियो ।

इमर्जेन्सी सेवा वीर अस्पतालमा विस्तार भइसकेको बताउँदैं उनले अन्य अस्पतालमा पनि त्यो काम हुने बताए । नेपाली नागरिक बिरामी भएर अस्पतालमा आइसकेपछि बिना उपचार सडकमा आएर उपचार पाइन भन्ने अवस्था नआउने उनले बताए । ‘पैसा नभएकै आधारमा नागरिकलाई उपचार गरेर सरकारी अस्पतालबाट निकाल्दैनौं,’ उनले थपे ।

भेन्टिलेटर, आईसीयु, अक्सिजन प्लान्ट क्षमता वृद्धि गरिएको खतिवडाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ