२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएनएस/बीएस्सी नर्सिङमा १११६ र बीपीएचमा ९२१ सिट खाली (कुन कलेजमा कति खाली ?)

बीएनएस/बीएस्सी नर्सिङमा १११६ र बीपीएचमा ९२१ सिट खाली (कुन कलेजमा कति खाली ?)


काठमाडौं—चिकित्सा शिक्षा आयोग बनेपछि स्नातक तहमा नर्सिङ पढ्न नेपाली विद्यार्थीहरु विदेश पलायन भएको भन्दैं चर्को बहस चलिरहेका नेपालकै मेडिकल कलेजहरुमा १ हजार १ सय १६ सिट खाली रहेको पाइएको छ । आयोगबाट हेल्थआवाजलाई प्राप्त तथ्यांकअनुसार बीएस्सी नर्सिङतर्फ ५ सय ६५ सिट र बीएनएसमा ५ सय १५ सिट विद्यार्थी नहुँदा रिक्त छन् । यस्तै, बीपीएचतर्फ विभिन्न कलेजमा ९ सय २१ सिट खाली रहेका छन् ।

चिकित्सा शिक्षा आयोगले कलेजहरुमा विद्यार्थी म्याचिङ गरी तयार पारेको आँकडामा नर्सिङतर्फको स्नातक तहका कार्यक्रममा विद्यार्थी नै आश्चर्यलाग्दो रुपमा अपुग पाइएको हो । अपुग भएका सिटहरुमा पुनः भर्ना गर्नका लागि आयोगले पुनः निवेदन माग गरेको थियो ।

तर, आयोगले दोहो¥याएर माग गर्दा पनि आवश्यक विद्यार्थीको भर्ना आवेदन पर्न सकेन् । म्याचिङ पूरा भएर लिइएको तथ्यांकअनुसार बिएस्सी नर्सिङतर्फ ६०९ सिट खाली रहेको थियो । पुनः आवेदन माग गर्दा थप ३८ जनाले मात्र अध्ययन गर्न रुचि राखेको पाइएको छ ।

त्यसैगरी, बीएनएसतर्फ ५ सय ९१ सिट खाली रहेको थियो । आयोगले पुनः भर्ना आवेदन माग गर्दा थप ४० जनाले मात्रै भर्नाका लागि आवेदन दिएका छन् । यसमा १ हजार ८ सय ३१ जनाले एकीकृत प्रवेश परीक्षण उत्तीर्ण गरेका थिए ।

अझ रमाइलो त के भने स्नातक तहको पब्लिक हेल्थ (बीपीएच)तर्फ ९ सय ३१ सिट खाली रहेका थिए । जसमा पुनः भर्ना आवेदन दिने १० जनामात्रै निस्किए । अहिलेसम्म ९ सय २१ नै खाली हुने निश्चितप्रायः भएको छ ।

तोकिएको सिटभन्दा बढी खाली हुनेमा बीएस्सी एमएलटी, बी फर्मा, विपीटी आदि विषयका स्नातक कार्यक्रम रहेका छन् । एमबीबीएसतर्फ पनि प्रारम्भिक म्याचिङमा २५ सिट खाली रहेका थिए । त्यसमा पुनः भर्ना आवेदनमा ८ सय ५ जनाको आवेदन परेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । वीफर्मामा १ हजार ९ सय ९ जना र बिपीएचमा १ हजार ३ सय २० जनाले एकीकृत प्रवेश परीक्षामा नाम निकालेका थिए । यस्तै, विपीटीमा २ सय ९० जनाले नाम निकालेका थिए ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विद्यार्थीहरु रोजगारीको अवसर, करिअरलगायतका कारणले एकीकृत प्रवेश परीक्षा पास भएर पनि विद्यार्थी भर्ना नभएको हुन सक्ने बताए । ‘जब अपरचुनिटी, करिअर आदिका विषयमा बाहिर चलेका हल्लाका कारण पनि विद्यार्थी अनिइच्छुक देखिएको हो कि भन्ने लाग्छ,’ डा. गिरीले भने, ‘अझ ¥यापअप प्रक्रियामै छ । आशा गरौं, केही भर्ना हुने विद्यार्थी थपिन्छन् । उनले म्याचिङ चरणमा अन्य कलेज छानेर म्याचिङमा नपरेका विद्यार्थीले अहिले खाली रहेको कलेजहरुमा छान्न पाउने बताए । आयोगको ३१ भदौसम्म अन्तिम ¥यापअप लिनेछ ।

कुन कलेजमा कति सिट खाली ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ