२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्वभर फैलिने त्रास ल्याएको ओमिक्रोन बिएफ ७ भेरियन्टबारे जान्नै पर्ने कुराहरू

विश्वभर फैलिने त्रास ल्याएको ओमिक्रोन बिएफ ७ भेरियन्टबारे जान्नै पर्ने कुराहरू


कोरोना सङ्क्रमणले केही समयमै विश्वका लागि समस्या बढाएको छ । चीनमा मात्रै नभई जापान र अमेरिकामा पनि खतरा बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो हालै एक प्रतिवेदनमा चीनलगायत धेरै देशमा बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै अन्य देशलाई पनि सावधानी अपनाउन अपिल गरेको छ ।

स्वास्थ्य विज्ञहरूले ओमिक्रोनको सब– भेरियन्ट बिएफ ७ लाई कोरोना सङ्क्रमणको यो लहरको प्रमुख कारकका रूपमा विचार लिएका छन्, अध्ययनहरूले केही मानिसहरूमा यसको सङ्क्रमण र गम्भीरता देखाएको छ । यसैबिच, आगामी तीन महिना सम्पूर्ण विश्वका लागि चुनौतीपूर्ण हुनसक्ने भन्दै महामारीविद्को चेतावनीलाई गम्भीरताका साथ ध्यान दिनु आवश्यक छ ।

विश्वको जनसङ्ख्याको १० प्रतिशतलाई हुनसक्छ सङ्क्रमण  
अमेरिकी जनस्वास्थ्य विज्ञानमा इपिडिमियोलोजिस्ट एरिक फिगल–डिङले मानिसहरूलाई सचेत गराउँदै कोरोनाको बारेमा विशेष सावधानी अपनाउन अपिल गरेका छन् । महामारीविद्हरूले आगामी तीन महिनामा विश्वको १० प्रतिशत जनसङ्ख्या सङ्क्रमित हुन सक्ने अनुमान गरेका छन् । यसमा लाखौँको ज्यान जाने सम्भावना पनि छ । कोरोनाको यस प्रकारको सङ्क्रमण दरलाई हेरेर अनुसन्धानकर्ताहरूले चीनबाट पाठ सिकेर अन्य देशलाई पनि रोकथाममा कडाइ गर्न अपिल गरेका छन् ।

सङ्क्रमितमा देखिन्छन् यस्ता लक्षण
सञ्चारमाध्यमका रिपोर्टहरूको अनुसार अहिले कोरोनाका केसहरूमा ठुलो उछाल आएको देशहरूमा सङ्क्रमितमा गम्भीर लक्षणहरू विरलै देखिएका छन् । ओमिक्रोन बिएफ ७ बाट सङ्क्रमित अधिकांश मानिसहरूमा घाँटी दुख्ने, नाक बन्द हुने, रुघा लाग्ने, कफ बिना हाच्छ्युँ वा खोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने र कर्कश हुने देखिन्छ । विज्ञहरूका अनुसार, केही व्यक्तिहरूलाई यी लक्षणहरूसँगै लुज मोशनको समस्या पनि हुन सक्छ । यदि यी लक्षणहरू देखा पर्छन् भने, तुरुन्तै विशेषज्ञसँग परामर्श लिएर जाँच गराउनुपर्छ ।

सबैभन्दा बढी सङ्क्रमित लक्षणविहीन
अहिले धेरैजसो कोरोना सङ्क्रमितहरू लक्षणविहीन छन् अर्थात् सङ्क्रमित भए पनि लक्षण नदेखिएका छन् । विज्ञहरूले यस प्रकारको अवस्थालाई सङ्क्रमण बढाउने उपायका रूपमा लिएका छन् । यस्ता व्यक्तिको सम्पर्कमा आउनुले कमजोर प्रतिरक्षा क्षमता भएका मानिसहरूलाई गम्भीर खतरा निम्त्याउन सक्छ । अहिले चीनमा सङ्क्रमितको मृत्युको बढ्दो घटना पनि चिन्ताजनक छ । स्थानीय चिनियाँ मिडियाका रिपोर्टहरूले मृतकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको र शव गृहहरूमा भारी भीड देखाएको छ । न्यु योर्क टाइम्सको रिपोर्टमा, जापानको चिबा विश्वविद्यालयका अनुसन्धानकर्ता हिसाको साइतोहले चेतावनी दिँदै्, कतिपय देशमा सङ्क्रमितको शव या त आफन्तको घरमा पुर्‍याउने गरिन्छ वा शवलाई दाबीविहीन छाडिएको हुन्छ । यो अझ खतरनाक हुन सक्छ भनेका छन् ।

सबै देश सचेत हुन जरुरी छ
चीनबाट पाठ सिकेर विश्वका अन्य देशहरूले पनि तत्काल प्रभावबाट सुरक्षात्मक उपायहरू अपनाउन थाल्नुपर्ने इपिडिमियोलोजिस्ट र अनुसन्धानकर्ताहरू बताउँछन् । नयाँ ओमिक्रोन भेरियन्टको प्रकृति हेर्दा विश्वको ठुलो जनसङ्ख्या यसबाट सङ्क्रमित हुन सक्ने आशङ्का गरिएको छ । रोकथामका उपायहरू अपनाएर र खोपको दर बढाएर सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ