२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यलाई प्रतिकुल असर गर्ने सामग्रीको विज्ञापन नगर्न प्रेस काउन्सिलको आह्वान

स्वास्थ्यलाई प्रतिकुल असर गर्ने सामग्रीको विज्ञापन नगर्न प्रेस काउन्सिलको आह्वान


प्रेस काउन्सिल नेपालले मदिरा, सुर्तीजन्य मानिसको स्वास्थ्यलाई हानि गर्ने पदार्थको विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आह्वान गरेको छ । २६ गते बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलले सो आह्वान गरेको हो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा २४ को उपदफा १ मा रहेको व्यवस्थाबारे जानकारी गराउँदै उक्त नियम विपरीत सञ्चारमाध्यमहरूले त्यस किसिमका समाचारहरू सम्प्रेषण गरेको पाइएकोले यस्ता प्रचारहरू नगर्न आह्वान गरेको छ ।

‘जनस्वास्थ्य ऐन २०७५ को दफा २४ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने व्यवस्था रहेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ