२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभरका ६५५ एम्बुलेन्समा जिपिएस जडान

देशभरका ६५५ एम्बुलेन्समा जिपिएस जडान


काठमाडौं—सरकारले देशभरिका एम्बुलेन्सलाई एउटै ट्रयाकमा ल्याउन सुरु गरेको जिपिएस प्रणालीमा दर्ता हुने एम्बुलेन्स संख्या ६ सय ५५ पुगेको छ । ती ६ सय ५५ एम्बुलेन्सलाई नेपाल सरकारको सिष्टममा ल्याउने काम अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपत्तकालीन कार्यसंचालन (एचईओसी)का प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म २ हजार ३ सय ४२ एम्बुलेन्स दर्ता भएका छन् । जसमध्ये प्रदेश १ मा रहेका ५ सय ४७ मध्ये १६ वटा, बागमती प्रदेशका ६ सय ३३ मध्ये ३ सय ४७, गण्डकी प्रदेशका २ सय ५६ मध्ये १ सय २२ र लुम्बिनीका ३ सय ४८ मध्ये ७० एम्बुलेन्स जिपिएस प्रणालीमा आवद्ध भएका छन् । यसैगरी, कर्णाली प्रदेशका २ सय २० मध्ये ४२, सुदूरपश्चिमका १ सय ५२ मध्ये ५८ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ ।

मधेश प्रदेशमा रहेका २ सय ८६ मध्ये कुनै पनि एम्बुलेसन्स जिपिएस प्रणालीमा आवद्ध भएका छैनन् । सरकारले संविधानमा उल्लेख भएको आपत्तकालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्नका लागि स्वास्थ्य सेवा ऐन र नियमावलीमा रहेर आकस्मिक स्वास्थ्य सेवा तथा एम्बुलेन्स संचालन निर्देशिका तयार पारेको थियो ।

सोही निर्देशिकाअनुसार देशभरका एम्बुलेन्सहरुलाई एउटै ट्रयाकबाट संचालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । ‘हामी सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा ल्याउने कार्यको अन्तिम चरणमा पुगेका छौं,’ डा. अधिकारीले भने, ‘मधेश प्रदेश र धेरै एम्बुलेन्स भएका बागमती प्रदेशका सबै एम्बुलेन्सलाई यो प्रणालीमा ल्याउन अलि समय लागेको छ ।’

यो प्रणाली जडान गरिएको एम्बुलेन्स कुन अवस्थामा र कहाँ छ भन्ने जानकारी सहजै प्राप्त हुने डा. अधिकारीले जानकारी दिए । ‘यो प्रणालीमा कुनै बिरामीलाई एम्बुलेन्स चाहिएमा १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामी कहाँ हुन्छ,’ उनले भने, ‘अब एम्बुलेन्स खाली छैन भनेर झुक्काउन नसकिने भएको छ ।’

केन्द्रकाअनुसार हाल देशभरमा हाल ‘क’ वर्गका ३२, ‘ख’ वर्गका १ सय ६१ र ‘ग’ वर्गका २ हजार १ सय ४९ एम्बुलेन्सहरु रहेका छन् । जिपिएस जडान गरेका एम्बुलेन्सहरुमा १ सय ८९ मा ग्लोबल फण्ड र बाँकीमा प्रदेश सरकारहरुले आफै जिपिएस जडान गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ