गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट हेल्थ आवाज बिहीबार, २०८० वैशाख १४ गते, ११:३० मा प्रकाशित काठमाडौं–स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची तयार गरेको छ । विभागले अध्ययन या असाधारण विदा स्वीकृत गुर्नअघि १७ वटा कागजात पु¥याउनुपर्ने उल्लेख गरेको छ । अध्ययन/असाधारण बिदा स्वीकृतिको लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः १. बिदा माग गरिएको सक्कलै निवेदन (बिदाको प्रकारसहित कानुनी दफा, नियमसमेत उल्लेख गर्ने) २. अध्ययन/असाधारण बिदाको लागि सिफारिस गर्दा भर्नुपर्ने फारम (प्रमाणित) ३. सम्बन्धित कार्यालयको रायसहितको सक्कल स्वीकृत टिप्पणी फाइल ४. कार्यरत कार्यालयको सिफारिस पत्र (सक्कल) ५. यसअघि उक्त बिदा लिएको भए सो को प्रतिलिपि, नलिएको भए सम्बन्धित कार्यालयबाट नलिएको प्रमाणित पत्र (सक्कल) ६. अध्ययन पूर्व स्वीकृति पत्र ७. मन्त्रालयबाट छात्रवृत्तिअन्तर्गत मनोनयन भएको पत्र । ८. कर्मचारीको अध्यावधिक वैयक्तिक विवरण (एक) ९. कबुलियतनामा अनुसूची – २० फारम (अध्ययन विदाको लागि) १०. सम्बन्धित कार्यालयको बरबुझारथ/सफाइपत्र ११. यस अघि गयलकट्टी, विभागीय सजाय नभएको/नपाएको प्रमाणित (सक्कल) १२. पूर्व स्वीकृति लिएको अध्ययन संस्था र कुन विषयमा भर्ना भएको हो ? सो को प्रमाण खुल्ने कागजात तथा अध्ययन सुरु हुने मिति खुलेको सम्बन्धित संस्थाको पत्र १३. नवीकरण भएको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी १४. सेवा प्रमाणित पत्र (सक्कल) १५. भौगोलिक/दुर्गम क्षेत्र वर्गीकरणअनुसार सेवा गरेको प्रमाणित पत्र (सक्कल) १६. स्थायी नियुक्ति, सुरु हाजिरी, स्तरवृद्धि भएको भए सोसमेतका प्रतिलिपी । १७. आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रहरु । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?