२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘मन्त्रालयको अराजकता राफसाफ गर्न दुई वर्ष लाग्छ’

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्, ‘मन्त्रालयको अराजकता राफसाफ गर्न दुई वर्ष लाग्छ’

‘ठूला—ठूला अस्पताल कार्यलय सहयोगी र अहेबले चलाएका छन्’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा अराजकता रहेको बताएका छन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दैं उनले उक्त अराजकता राफसाफ गर्न अझै दुई वर्ष लाग्ने बताए ।

‘यहाँ अराजकता छ । यो राझसाफ गर्ने हो भने दुई वर्ष लाग्छ,’ मन्त्री बस्नेतले भने, ‘अहिले केही हदसम्म राफसाफ भएको छ ।’

शतप्रतिशत राम्रो गर्न लागेमा नराम्रा जति सबै एक हुने बस्नेतले बताए । ‘अस्पतालमा टेण्डर गरेर सामान किन्नुहोस् भनेर मैले निर्देशन गरे,’ उनले भने, ‘त्यहाँका प्रमुखहरुले टेण्डर गर्न खोज्दाखेरी अहेब र पियनहरुले तालाबन्दी गरेर बस्या छन् । प्रशासनकहरु कस्ता हुन् त्यो कार्यलय सहयोगीले अहेबले थरर कमाइदिने रहेछ ।’ उनले आफूले सबै कुरा बुझेको बताउँदैं विस्तारै सुधार गर्न खोजेको बताए ।

स्वास्थ्य राज्यमन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालयमा २२ वर्षअघि पनि काम गरेको उल्लेख गर्दै उनले अलिअलि आफूले पनि बुझेको बताए । ‘राम्रा कामहरु आफैबाट सुरु हुनुपर्छ भन्ने मान्छे पनि हुँ म,’ उनले भने, ‘तपाई हामी अहिले बसिरहेका छौं फस्ट क्लास कालोपत्रेमाथि म मन्त्री बनेर आउनुभन्दा अगाडि यो कालोपत्र यहाँ थियो ?’

स्वास्थ्यमन्त्रीको काम देखेर प्रधानमन्त्रीदेखि गाउँ—गाउँका जनताहरु केही खुसी भएको उनको दावी थियो । ‘आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा हामीलाई चाहिने जनशक्ति कहाँ छ ?,’ उनले प्रश्न गरे, ‘०५४ सालदेखि जनशक्ति थपेको अवस्था रहेनछ । बरु म आएपछि केही अस्पतालका अस्थायी ओएनएमहरु स्वीकृत गरेर अगाडि बढेका छौं ।’ ९२ हजार कर्मचारी चाहिएको अवस्था आफूले ३०—३२ हजार कर्मचारी थप्न माग गरिरहेको र त्यसमा सकारात्मक पहल भइरहेको उनको भनाइ थियो ।

अहिलेको जनशक्तिका हिसाबले स्वास्थ्यकर्मीहरुले आधारभूत स्वास्थ्य सेवा गुणस्तरीय दिन सक्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘त्यही पनि तपाईहरुले दिनुभएको छ, एक जनाले चार पाँच जनाको काम गर्नुपरेको छ,’ उनले भने, ‘राज्यले दरबन्दी बढाउने कुरामा ध्यान नदिएको हो । म आएपछि अहिले दरबन्दी थपिने अवस्थामा पुगेको छ ।’

उनले आधारभूत स्वास्थ्य सेवा, गरिब र विपन्नलाई निःशुल्कको कुरा संविधानमा लेख्ने हस्पिटलका वरण्डाबाट बिरामी आत्महत्या गरेर मरेका र घर फर्केर मरेका घटनाहरु आफूले सुनेको बताए । उनले मेडिकल शिक्षामा देश बर्बाद भइसकेको बताउँदैं अहिले आफूहरुले सकारात्मक कदमहरु अगाडि बढाइरहेको दावी गरे ।

गरिब र विपन्नहरु खल्तीमा पैसा नभएपनि अस्पताल जान सक्ने, प्राथमिक उपचार पाउन सकुन भन्ने हेतुले सबै अस्पतालमा १० प्रतिशत शैय्या उपचारसहित निःशुल्क गर्नुपर्ने प्रावधान लागु गरिएको बस्नेतले बताए । ‘३ हजार ५ सय जनरल बेडहरु संघीय अस्पतालहरुमा निःशुल्क गरेका छौं,’ उनले भने, ‘चार वटा प्रदेशका सबै प्रादेशिक अस्पतालमा सबै बेडहरु निःशुल्क गरिएको छ ।’

नेपालमा मेडिकल शिक्षाको वातावरण बनाउन १ सय शैय्यादेखि ३ सय शैय्यासम्मका अस्पतालमा नर्सिङ र पारामेडिक्स ३ सय भन्दामाथि बेड भएकामा एमबीबीएस पढ्न दिने भनेर निर्णय गरेको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्यमन्त्रीको भनाइ थियो ।

८ सय चानचुन पहुँच र भनसुनको भरमा सुविधासम्पन्न ठाउँमा काजमा बसेका सिनियर स्वास्थ्यकर्मीहरुलाई आफू आएपछि दरबन्दी भएको ठाउँमा पठाइएको उनले बताए । ‘छैटौं तहको कर्मचारीलाई काज फिर्ता गर्दा स्टे अर्डर लिन जान्छ,’ उनले भने, ‘मेरो दोष हो, मन्त्रालयको दोष हो ।’ काज फिर्ता गर्दा आफूले गाली पाए पनि दुर्गम जिल्लाका बिरामीले डाक्टरको अनुहार हेर्न पाएको उनको भनाइ थियो । उनले आफूले जबरजस्ती नगरेर जबरजस्ती गर्नेलाई ठीक पारेको बताए ।

कामू लेख्न भनेरभन्दा निमित्त लेख्न गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले आफूले अहिले पनि सुध्रिनुस् भनेर काम गर्न दिइरहेको बताए । ‘मेडिकल बोर्डको सिफारिस लिएर १६ वर्ष एउटा मान्छे एउटै अस्पतालमा काज भनेर बस्छ,’ उनले भने, ‘१६ वर्ष बिरामी भएको भयैं जागिर खाएको खाएइ । त्यस्तो हुन्छ ।’

ठूला—ठूला अस्पताल कार्यलय सहयोगी र अहेबले चलाएको उल्लेख गर्दै उनले भिसी र निर्देशक हेरेको हे¥यै भएको आफूले देखेको बताए । ‘गफ दिने हामी एक एक हेरिरहेका छौं । सिनियर डाक्टरसँग चढने गाडी छैन, अहेबले गाडी राखेर ड्राइभर फेरेर हिडेको देखेको छु मैले ।’ जहाँ पनि बिजोग रहेको बताउँदैं उनले सरकारी अस्पतालको फार्मेसीमा २० प्रतिशत औषधि बिरामीलाई नदिइएको बताए । ‘८० प्रतिशत बाहिर छ, स्टोरमा औषधि छ बिरामीले पाउँदैंन्,’ उनले थपे ।

आधारभूत स्वास्थ्य सेवा सहजीकरण गर्न स्वास्थ्य बिमा ल्याइएको बताउँदैं मन्त्री बस्नेतले बिमा जिम्मेवारपूर्ण भूमिका लिएर बसेका मान्छेले कसैलाई दावी गरेको अर्कै दिनमा भुक्तानी दिने र कसैले दुई वर्षसम्म भुक्तानी नदिने गरेको आरोप लगाए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ