गृहपृष्ठ ∕ समाचार ∕ कम्मर दुख्ने ११ कारण कम्मर दुख्ने ११ कारण प्रा.डा. अशोकरत्न बज्रचार्य हाड जोर्नी रोग विशेषज्ञ बिहीबार, २०८१ कात्तिक २२ गते, १०:४९ मा प्रकाशित ढाडको हड्डीमा कुनै किटाणुले संक्रमण गरेमा पनि कम्मर दुख्छ । त्यस्तो अवस्थामा ज्वरो आउने, जिउ सिथिल हुने जस्ता लक्षण हुन्छन् । हाम्रो देशमा विशेष गरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरेर यो समस्या देखिने गरेको छ । त्यसैगरी रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतीविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ । ढाडको हाड दायाँ या बायाँ बांगो भयो भने पनि कसैकसैलाई कम्मर दुख्ने गर्दछ । विशेष गरी किशोर अवस्थामा केटीमा यो समस्या देखिने गरेको छ । कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्राय:गरी खेलाडीमा, गह्रो भारी उठाउनेमा यो समस्या हुन सक्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म दुखाइ हुन सक्छ । हाडभित्रको ढुंग्रो साँगुरियो भने त्यहाँ रहने नसालाई ठाउँ सानो हुन्छ, त्यस अवस्थामा कम्मर दुख्ने, साथै खुट्टा पनि दुख्छ । ५० वर्ष नाघेका मानिसमा यस्तो समस्या देखिन सक्छ । समतल ठाउँमा हिँड्दा दुख्ने, खुट्टा झमझमाउने गर्छ भने आराम गर्दा केहीछिनमा आफैँ ठीक हुन्छ र पुन: हिँड्दा दुख्न थाल्छ । ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । यस्तो समस्या १० हजारमा १ जनालाई हुन्छ भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ, यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ । यसको उपचार शल्यक्रिया मात्र हो । उमेर ढल्कँदै जाँदा कम्मरको हाडको जोर्नी र डिक्स बीचको प्रयोगले बाथका रूपमा देखिन्छ र दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ । विशेष गरी बिहान उठ्नसाथ र पछि बिस्तारै चाल बढ्दै जाँदा आफैँ ठीक हुन्छ । ढाडको प्रज्वलन भएर बिस्तारै ढाड नै एकढिक्का भएर कुप्रो पर्न जाने हुन्छ । विशेष गरी २० देखि ३० वर्षका युवामा यसको समस्या हुन सक्छ । यसको दुखाइ कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ । बाथका कारणले पनि ढाड दुखाइ हुन्छ । शरीरको आन्तरिक गडबडीले यसलाई प्रभाव पार्छ । कसैकसैलाई ३० वर्षको उमेर पछि डिक्समा पानीको भाग घट्छ र लचिलो हुन्छ । ४० वर्ष पछि क्याल्सीयम पनि थपिन जान्छ र डिक्स नै हाड बन्न सक्छ । यस्तो हुदा कसैलाइृ दुख्छ भने कसैलाई केही पनि हुदैन । कहिलेकाही अगाडी निहुरीएको अवस्थामा एकापटी बढी निहुरीदा अकास्मत झड्का पर्यो वा धेरै वजन उठायो भने डिक्स कुचिन गई उछिटिन्छ र दुख्छ । तर कसैकसैलाई विस्तारै अलिअलि गर्दै डिक्स उछिटिन्छ । यस्तो चाही प्राय हुने धपेडी, भारी उचाल्दा खेरी स–साना चोटहरु थुप्रीएर यस्तो हुन सक्छ । यस्तो हुदा सुरुमा कम्मर ज्यादै दुख्छ पछि खोक्दा, हाच्छ्यु गर्दा वा दिसामा कन्दा दुखाइ खुट्टा सम्म पनि सर्न थाल्छ । यी सबै कारणले सामान्यदेखि धेरै दुखाइ हुन सक्छ । त्यस्तै, कम्मरको हाड भाँचिएको कारणले पनि कम्मर दुख्छ । यदि यसको कारण चोट नै हो भने चिकित्सकसँग सल्लाह लिई आराम गर्ने, धधऔषधि खाने, पेटीको प्रयोग गर्ने वा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका देशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका देशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु