२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग

यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग


यौन रोग के हो ?

यौन रोग भनेको भाइरस, ब्याक्टोरिया र अरु किटाणुले गर्दा लाग्ने तर यौन सम्पर्कबाटै मात्र सर्ने रोग हो । भन्नुको अर्थ ती रोगहरु जो यौन सम्पर्कको माध्यमबाट सर्छन, त्यस्ता रोगहरु यौन रोग हुन् । यौन रोग अरु माध्यमबाट सर्दैनन् । यौन रोग किटाणुहरुका कारणले लाग्दछन् । किटाणु ब्याक्टोरिया, भाइरस वा अन्य किटाणुहरु हुन सक्छन् ।

यौन रोगको प्रकोप

यौन रोग उमेरका हिसाबले १५ देखि २५ वर्ष उमेरका ब्यक्तिहरुलाई बढी लागेको भेटिन्छ । किनभने, त्यो उमेर समूहका सेक्युअल एक्टीभिटिजमा बढी सक्रिय हुन्छन् । विवाह भएर होस् वा नभएर यौन क्रियाकलापमा बढी सक्रिय भनेकै १५ देखि २५ वर्षको उमेर समूह हो । त्यसकारण यौन रोगको बढी प्रकोप पनि १५ देखि २५ वर्षका युवायुवतीहरुमै बढी देखिएको छ । महिला र पुरुषको अनुपात हेर्दा महिलाको तुलनामा पुरुषमा अलि बढी देखिएको छ । १०० लाई आधार मान्ने हो भने ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिलामा यो रोग देखिन्छ ।

जोखिममा को छन् ?

पुरुष र महिला दुवै यौन रोगको उत्तिकै जोखिममा छन् । रोगको प्रिजेन्टेसन हेर्दाखेरि ५३ र ४७ प्रतिशत झण्डै उस्तै–उस्तै जोखिम देखिन्छ । यौन रोग जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । स्वास्थ्य ब्यक्तिको हुन्छ, जनस्वास्थ्यभन्दा त्यसमा समुदाय पनि इन्भल्ब भएको हुन्छ । समुदायमा भित्रभित्रै लुकिछिपी फैलने रोगमध्ये यौन रोग पनि एक हो । टिभी रोगजस्ता रोगहरुभन्दा यो रोगहरु गुपचुपमै सरिरहने हुन्छ । यौन रोगको सामाजिक र आर्थिक पक्षसँग पनि सम्बन्ध हुन्छ । आर्थिक अवस्था कमजोर भएका, कोही त्यसैलाई ब्यवसाय मानेर लागिरहेका पनि हुन सक्छन् । ज्ञानको कमी र जनचेतनाको अभावका कारण पनि अस्वस्थ तरिकाले यौन सम्पर्क गरेकाले कारण पनि यौन रोग सर्छ । त्यसकारण यो ब्यक्तिगत समस्याभन्दा पनि जनस्वास्थ्य सरोकारको समस्या हो ।

सर्ने तरिका

  • यो रोग मुख्यतयाः यौन सम्पर्कबाट सर्छ ।
  • कहिलेकाही एकदम थोरै मात्रामा आमाबाट उसको शिशुमा पनि सर्न सक्छ । गर्भावस्थामा यौन रोग भएको छ भने शिशु योनीबाट बाटो भएर निस्कने क्रममा पनि यौन रोग सर्न सक्ने सम्भावना रहन्छ ।
  • कहिलेकाही गर्भावास्थामै योनीको इन्फेक्सन माथिसम्म फैलिएर गर्भावस्थामै शिशुलाई असर पु¥याउन पनि सक्छ ।
  • कहिलेकाही यौन सम्पर्क भएको छैन् तर यौन रोग लाग्न सक्छ । यो रगतबाट पनि सर्छ ।
  • ब्लेड, सुईजस्ता औजारहरुको प्रयोगबाट पनि यौन रोग सर्न सक्छ ।

उपचार विधी

  • जाँच गर्दा जुन यौन रोग लागेको पत्ता लगाउन सकेमा उपचार गर्न सकिन्छ ।
  • रोगको निदान गर्ने र त्यसको उपचार गर्ने ।
  • सरकारले नै लक्षणको आधार उपचार गर्ने सिन्डोमिक एप्रोचको नीति बनाएको छ । त्यसको आधारमा उपचार गर्ने । सबैको जाँच तल्लो लेबलमा हुन्छ भन्ने छैन् ।
  • लक्षणको आधारमा कसैलाई दुई, कसैलाई तीन, कसैलाई चार औषधी दिएर उपचार गरिन्छ ।
  • यो महिला र पुरुषमा फरक–फरक हुन्छ, महिलामा देखिने लक्षण फरक पुरुषमा देखिने लक्षण फरक हुन्छ । त्यसैले उपचार पनि त्यही ढंगबाट गर्नुपर्ने हुन्छ ।
  • प्रयोगशालाको सुविधा भएको स्वास्थ्य संस्थाबाट कुन किटाणुले संक्रमण गरेको छ त्यो आधारमा उपचार गरिन्छ तर जुन स्वास्थ्य संस्थामा प्रयोगशाला सुविधा छैन् त्यहाँ लक्षणमा आधारमा उपचार गरिन्छ ।
  • यौन रोगसँग आउने अर्को रोग एआईभी एड्सको उपचारको छुट्टै प्रक्रिया हुन्छ ।
  • भिरङ्गी रोग लागेको देखिएमा सुई लगाएर उपचार गर्नुपर्ने हुन्छ ।
  • तर, विस्तृत निदान र उपचारका लागि छाला तथा यौन रोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गर्नु उपयुक्त हुन्छ ।

यौन रोगबाट कसरी बच्ने ?

  • यौन रोगबाट बच्न विवाहभन्दा अगाडि सकेसम्म यौन सम्पर्क नराख्ने ।
  • यौन सम्पर्क गर्दा सुरक्षित उपाय । जस्तै कण्डम प्रयोग गरेर मात्रै यौन सम्पर्क गर्ने ।
  • एउटा मात्र यौन साथी बनाउने ।
  • कुनै लक्षण देखा परेमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार गर्ने र आफ्नो यौन साथीलाई पनि परीक्षणका लागि सल्लाह दिने ।

क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ