२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यशुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ काम

शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ काम


एक गैर हर्मोनल पुरुष गर्भनिरोधक चक्की जसलाई निर्माण गर्न सकिने वैज्ञानिकहरूले जनाएका छन् । मुसामा गरिएको परीक्षणले यसले शुक्राणुलाई कम्तीमा केही घण्टासम्म स्थिर राख्ने जनाइएको छ, जुन अण्डासम्म पुग्नबाट रोक्नका लागि पर्याप्त हुन्छ।

मानिसहरूभन्दा अगाडि खरायोहरूमा प्रयोग गर्नका लागि पनि धेरै परीक्षणहरू र योजनाहरू आवश्यक रहेका छन् ।

प्रयोगकर्ताहरूले शारीरिक सम्बन्ध राख्नुभन्दा एक घण्टा अघि यो चक्की निकालेर राख्नुपर्ने हुन्छ । १ घण्टाको समयलाई भने ख्याल गर्नुपर्ने हुन्छ ।

यसले कसरी काम गर्छ?
यसले महिला गर्भ निरोधक चक्कीको विपरीत काम गर्छ  किनकि यसमा कुनै पनि हर्मोन समावेश हुँदैन । यसले टेस्टोस्टेरोनलाई नढाक्ने र कुनै पनि पुरुष हर्मोनको कमीले साइड इफेक्टहरू ननिम्त्याउने भएकाले यो एक फाइदाजनक खोजमध्ये एक रहेको वैज्ञानिकहरूले जनाएका छन् ।

यसको सट्टा, तिनीहरूले लक्षित गरिरहेको “स्पर्म–स्विम“ स्विच एक सेलुलर सिग्नलिंग प्रोटिन हो जसलाई घुलनशील एडिनाइल साइक्लेज वा स्याक भनिन्छ । प्रयोगात्मक पुरुष चक्कीले स्याकलाई लाई छेकेर या रोकेर स्पर्मलाई स्थिर गर्दछ ।

युएस नेशनल इन्स्टिच्युट अफ हेल्थद्वारा वित्त पोषित र नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित मुसामा प्रारम्भिक अध्ययनमा, टिडिआई–११८६१ भनिने औषधिको एक मात्र खुराकले समागम अघि, समयमा र पछि शुक्राणुलाई स्थिर बनाउँछ ।

न्युयोर्कको वेल कर्नेल मेडिसिनकी डाक्टर मेलानी बालबाचका अनुसार,यसको उल्टाउन सकिने र प्रयोग गर्न सजिलो भएको गुणले गर्दा यो गर्भनिरोधकको रूपमा काम गर्ने देखाएको छ ।

यदि यसले मानिसमा काम गर्‍यो भने, पुरुषहरूले यसलाई आवश्यक परेको बेला, र प्रायः जसो लिन सक्दछन् । उनीहरूले आफ्नो प्रजनन क्षमताको बारेमा दिन–प्रतिदिन निर्णयहरू गर्न पनि सक्छन् । तर यसले यौन सञ्चारित सङ्क्रमणहरू विरुद्ध सुरक्षा गर्दैन, विशेषज्ञहरूले चेतावनी दिए । त्यसका लागि कन्डम चाहिन्छ ।

युनिभर्सिटी अफ शेफिल्डका एन्ड्रोलोजीका प्रोफेसर एलन पेसीले भनेः “पुरुषहरूका लागि प्रभावकारी, उल्टाउन मिल्ने, मौखिक गर्भनिरोधकको चर्को आवश्यकता छ र वर्षौँदेखि धेरै फरक तरिकाहरू परीक्षण गरिए पनि कुनै पनि हालसम्म बजारमा पुगेको छैन ।

“यहाँ वर्णन गरिएको दृष्टिकोण, शुक्राणुमा भएको मुख्य इन्जाइमलाई बाहिर निकाल्नको लागि जुन शुक्राणुको हलचलका लागि लागि महत्त्वपूर्ण छ यो वास्तवमै एक नयाँ विचार हो । उनले ‘भने यो कार्य गर्न सक्षम हुनु, र चाँडै उल्टो हुन सक्ने भन्ने तथ्य साँच्चै धेरै रोमाञ्चक छ ।’
“यदि मुसामा भएका परीक्षणहरू प्रभावकारिताको समान डिग्रीका साथ मानिसहरूमा दोहोर्‍याउन सकियो भने, हामीले खोजिरहेका पुरुष गर्भ निरोधक चक्की उपलब्ध हुन सक्नेछ ।

“उनीहरूले प्रयोगशालामा मानव शुक्रकीटमा केही परीक्षणहरू गरेका छन् र यसले ठ्याक्कै उस्तै काम गर्दछ। त्यसैले मलाई लाग्छ, वास्तवमा हामीले मानव परीक्षणहरू गर्न सक्ने सम्भावनाहरू खोल्छ।“

यसैबिच, अन्य अन्वेषकहरूले शुक्राणुको सतहमा प्रोटिनलाई रोकेर शुक्राणु पौडी खेल्न रोक्नको लागि अलि फरक बाटो खोजिरहेका छन् ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ