२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययस्ता छन् यौन सम्पर्कका ६ मनोवैज्ञानिक तथ्य

यस्ता छन् यौन सम्पर्कका ६ मनोवैज्ञानिक तथ्य


यौन मानव जिवनको एक अभिन्न पाटो हो । दैनिक जीवनमा यौन सम्बन्धित कुराहरू कम गरिने भएकाले यस सम्बन्धित कुराहरू धेरै रुचाइन्छन् पनि । प्रस्तुत छ यौनसम्बन्धी ८ मनोवैज्ञानिक तथ्यहरू

१. यौन सम्पर्क पछाडि हुने उदासीनता एक वास्तविक कुरा हो
यदि तपाई यौन सम्पर्कपछि निराश या भावुक बन्नुहुन्छ भने यसमा अनौठो नमान्नुहोस् । किनकि यो एक सामान्य कुरा हो । यो सोचाइ आउनुलाई पोस्ट कोइटल डिस्फोरिया भनिन्छ । यसले शारीरिक सम्बन्धपछि उदासी, क्रोध र दुःखका भावनाहरू हुनुलाई जनाउँछ । यौन थेरापिस्टहरुले यसलाई हर्मोनमा वृद्धि हुँदा मानिसले देखाउने प्रतिक्रिया हो भनेर जनाएका छन् । कसै कसैले भने आफ्नो विगत जीवनमा घटेका घटना तथा अनुभवहरूलाई याद गर्दै यस्ता भावनाहरू पोखिरहेका पनि हुन सक्छन् ।

२. कुनै एक बास्नाले पनि उत्तेजित बनाउन सक्छ
यौन व्यवहारको बारेमा प्रकाशन गरिएको एक अध्ययनले कुनै एक बास्नाले पनि मानिसलाई यौन सम्बन्धमा उत्तेजित बनाउन सक्ने पत्ता लागेको छ । उक्त अध्ययनले कुनै बास्नालाई महसुस गरेका महिला तथा पुरुषहरूले नगर्नेको दाँजोमा बढी सन्तुष्टि प्राप्त गरेको खुलाएको छ । यद्यपि अन्य कडा गन्धले भने सम्बन्धमा असर पार्न सक्छ ।

३. यौनले पीडाको प्रतिरोध क्षमता बढाउँछ
शारीरिक आनन्दबाहेक यौनले पिडामा राहत दिन एक सहायक भूमिका खेल्दछ । कामोत्तेजना र चरम उत्तेजित अवस्थाको समयमा, मस्तिष्कमा हाइपोथ्यालेमसले फिल गुड हर्मोन अक्सिटोसिन निकाल्छ । यसको वृद्धिले विशेषतः महिलाहरूलाई महिनावारीको समयमा हुने दुखाइ कम गराउन मद्दत गर्दछ । त्यस्तै पिडामा रहेका पुरुषहरूको पनि सम्बन्धपश्चात् आधा पिडा कम हुने जनाइएको छ ।

४. यौनले रचनात्मक क्षमता बढाउँछ
यौन आफैँमा एक नयाँ जीवन जन्माउने रचनात्मक प्रक्रिया हो । यौन सम्बन्धले मानिसलाई कला, डिजाइन, सङ्गीत, लेखन तथा अन्य विभिन्न कलामा आकर्षित गराउँदछ । यो कार्यलाई पनि अक्सिटोन हर्मोनले नै बढाइरहेको हुन्छ । यसले तपाईँको पार्टनरसँगको सामीप्यलाई बढाउँदै तपाईँको मस्तिष्कमा विभिन्न रचनात्मकता बढाउन मद्दत गर्दछ ।

५. हस्तमैथुन गर्नु कि त्याग्नु ?
यदि तपाईँ लामो समयदेखि यौनमा सक्रिय हुनुहुन्न भने यसले तपाईँमा स्वास्थ्यसम्बन्धी डरको सिर्जना गर्न सक्छ । तर विशेषतः लामो समयदेखि यौन सम्बन्धमा नभएका महिलाहरूले यौन संवेदनशीलता गुमाउने गर्छन् । यसलाई क्लिटरोल एटोफी भनिन्छ जुन क्लिटोरिसमा पर्याप्त रूपमा रगत प्रवाह नहुँदा हुने गर्दछ । यसले विशेषतः महिलाहरूलाई चाँडै बुढो बनाउने र चोटपटकसँग सम्बन्ध राख्दछ ।

६. अण्डाले जित्ने शुक्रकीट छान्छ
पुरुषहरूले सबैभन्दा छिटो पौडने शुक्राणुले दौड जित्छ भन्ने विश्वास राख्दछन् । तर यो तथाकथित ’सेक्स तथ्य’, सेक्सोलोजिस्ट जिल म्याकडेभिटका अनुसार ठुलो गलत धारणा हो । उनी भन्छिन्, “पुरुषहरू प्रतिस्पर्धा गर्ने बारे हाम्रो सांस्कृतिक लेन्सको साथ कथा पक्षपातपूर्ण छ (हेर्नुहोस् ’ड्रिलिंग’ ’बरोइङ’ र ’पेनिट्रेटिङ’ जस्ता हिंसात्मक शब्दहरू) अण्डा, जबकि अण्डा (महिलाहरू) निष्क्रिय रूपमा बस्छन् । त्यसपछि यसो भन्दै थप विस्तार हुन्छ । “वास्तवमा, अण्डाहरूमा परिष्कृत जैविक संयन्त्रहरू हुन्छन् जसले सक्रिय रूपमा उनीहरूले कुन शुक्राणु भित्र जान दिने भनेर छान्छन् र यो सधैँ पहिलो पटक आउने होइन ।“ जुन, जब तपाईँ यसको बारेमा सोच्नुहुन्छ, धेरै अधिक अर्थ बनाउँछ । अण्डाको एक जैविक अत्यावश्यकता छ परफेक्ट मिलाउनको लागि, जसरी हामी सही पार्टनर खोज्ने प्रयास गर्छौँ ।

यौन मानवजिवनको एक अभिन्न पाटो हो । दैनिक जीवनमा यौनसम्बन्धित कुराहरु कम गरिने भएकाले यस सम्बन्धित कुराहरु धेरै रुचाइन्छन् पनि । प्रस्तुत छ यौनसम्बन्धि ८ मनोवैज्ञानिक तथ्यहरु

१. यौन सम्पर्क पछाडी हुने उदासिनता एक वास्तविक कुरा हो
यदि तपाई यौनसम्पर्कपछि निराश या भावुक बन्नुहुन्छ भने यसमा अनौठो नमान्नुहोस् । किनकी यो एक सामान्य कुरा हो । यो सोचाइ आउनुलाई पोस्ट कोइटल डिस्फोरिया भनिन्छ । यसले शारिरीक सम्बन्धपछि उदासी, क्रोध र दुःखका भावनाहरु हुनुलाई जनाउँछ । यौन थेरापिस्टहरुले यसलाई हर्मोनमा वृद्धि हुँदा मानिसले देखाउने प्रतिक्रिया हो भनेर जनाएका छन् । कसै कसैले भने आफ्नो विगत जीवनमा घटेका घटना तथा अनुभवहरुलाई याद गर्दै यस्ता भावनाहरु पवोखिरहेका पनि हुन सक्छन् ।

२. कुनै एक बास्नाले पनि उत्तेजित बनाउन सक्छ
यौन व्यवहारको बारेमा प्रकाशन गरिएको एक अध्ययनले कुनै एक बास्नाले पनि मानिसलाई यौन सम्बन्धमा उत्तेजित बनाउन सक्ने पत्ता लागेको छ । उक्त अध्ययनले कुनै बास्नालाई महशुस गरेका महिला तथा पुरुषहरुले नगर्नेको दाँजोमा बढी सन्तुष्टि प्राप्त गरेको खुलाएको छ । यद्यपि अन्य कडा गन्धले भने सम्बन्धमा असर पार्न सक्छ ।

३. यौनले पीडाको प्रतिरोध क्षमता बढाउँछ
शारिरीक आनन्दबाहेक यौनले पिडामा राहत दिन एक सहायक भुमिका खेल्दछ । कामोत्तेजना र चरम उत्तेजित अवस्थाको समयमा, मस्तिष्कमा हाइपोथ्यालेमसले फिल गुड हर्मो अक्सिटोसिन निकाल्छ । यसको वृद्धिले विशेषत महिलाहरुलाई महिनावारीको समयमा हुने दुखाइ कम गराउन मद्धत गर्दछ । त्यस्तै पिडामा रहेका पुरुषहरुको पनि सम्बन्धपश्चात आधा पिडा कम हुने जनाइएको छ ।

४. यौनले रचनात्मक क्षमता बढाउँछ
यौन आफैँमा एक नयाँ जीवन जन्माउने रचनात्मक प्रक्रिया हो । यौनसम्बन्धले मानिसलाई कला, डिजाइन, संगीत, लेखन तथा अन्य विभिन्न कलामा आकर्षित गराउँदछ । यो कार्यलाई पनि अक्सिटोन हर्मोनले नै बढाइरहेको हुन्छ । यसले तपाईँको पार्टनरसँगको सामिप्यतालाई बढाउँदै तपाईँको मस्तिष्कमा विभिन्न रचनात्मकता बढाउन मद्धत गर्दछ ।

५. हस्तमैथुन गर्नु कि त्याग्नु ?
यदि तपाईँ लामो समयदेखि यौनमा सक्रिय हुनुनहुन्न भने यसले तपाईँमा लस्वास्थ्यसम्बन्धि डरको सिर्जना गर्न सक्छ । तर विशेषत लामो समयदेखि यौनसम्बन्धमा नभएका महिलाहरुले यौन संवेदनशिलता गुमाउने गर्छन् । यसलाई क्लिटरोल एटोफी भनिन्छ जुन क्लिटोरिसमा पर्याप्त रुपमा रगत प्रवाह नहुँदा हुने गर्दछ । यसले विशेषत महिलाहरुलाई चाँडै बुढो बनाउने र चोटपटकसँग सम्बन्ध राख्दछ ।

६. अण्डाले जित्ने शुक्रकीट छान्छ
पुरुषहरूले सबैभन्दा छिटो पौडने शुक्राणुले दौड जित्छ भन्ने विश्वास राख्दछन् । तर यो तथाकथित ’सेक्स तथ्य’, सेक्सोलोजिस्ट जिल म्याकडेभिटका अनुसार ठूलो गलत धारणा हो । उनी भन्छिन्, “पुरुषहरू प्रतिस्पर्धा गर्ने बारे हाम्रो सांस्कृतिक लेन्सको साथ कथा पक्षपातपूर्ण छ (हेर्नुहोस् ’ड्रिलिंग’ ’बरोइङ’ र ’पेनिट्रेटिङ’ जस्ता हिंसात्मक शब्दहरू) अण्डा, जबकि अण्डा (महिलाहरू) निष्क्रिय रूपमा बस्छन् । त्यसपछि यसो भन्दै थप विस्तार हुन्छ । “वास्तवमा, अण्डाहरूमा परिष्कृत जैविक संयन्त्रहरू हुन्छन् जसले सक्रिय रूपमा उनीहरूले कुन शुक्राणु भित्र जान दिने भनेर छान्छन् र यो सधैं पहिलो पटक आउने होइन ।“ जुन, जब तपाइँ यसको बारेमा सोच्नुहुन्छ, धेरै अधिक अर्थ बनाउँछ । अण्डाको एक जैविक अत्यावश्यकता छ परफेक्ट मिलाउनको लागि, जसरी हामी सही पार्टनर खोज्ने प्रयास गर्छौं ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ