२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यविश्व साइकल दिवस : दैनिक ३० मिनेट साइकल चलाउँदा मुटु रोगको जोखिम ५० प्रतिशत कम

विश्व साइकल दिवस : दैनिक ३० मिनेट साइकल चलाउँदा मुटु रोगको जोखिम ५० प्रतिशत कम


शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्नको लागि शारीरिक रूपमा सक्रिय हुनुपर्छ । नियमित शारीरिक गतिविधिले तपाईंलाई मोटोपना, हृदय रोग, क्यान्सर, मानसिक रोग, मधुमेह र बाथ जस्ता गम्भीर समस्याहरूबाट बचाउन मद्दत गर्दछ। यसका लागि योगा–व्यायामलाई दिनचर्यामा समावेश गर्नु विशेष फाइदाजनक हुन्छ ।

यदि तपाईंले दैनिक साइकल चलाउने बानी बसाल्नु भयो भने आकस्मिक जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरूको जोखिमलाई धेरै गुणा कम गर्ने उत्तम उपाय हुन सक्छ। बालबालिकादेखि वृद्धसम्म, सबैले नियमित रूपमा साइकल चलाउँदा स्वास्थ्य लाभहरू लिन सक्छन्।

साइकल चलाउँदा हुने स्वास्थ्य र वातावरणीय फाइदाबारे मानिसहरूलाई सचेत गराउन हरेक वर्ष जुन ३ मा विश्व साइकल दिवस मनाइन्छ। साइकल चलाउने बानीलाई रमाइलो, किफायती र वातावरणका लागि पनि फाइदाजनक भएको विज्ञहरू बताउँछन् । यसको बानीले तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्छ। आउनुहोस् साइकल चलाउनुका फाइदाहरू बारे जान्नुहोस्।

तनाव कम गर्ने व्यायाम

साइकल चलाउनु मुख्यतया एक एरोबिक गतिविधि हो, जसको मतलब यसले तपाईको मुटु, रक्तनली र फोक्सोलाई सजिलैसँग व्यायाम गर्छ। अधिक तौल भएका मानिसहरूका लागि साइकल चलाउनु राम्रो व्यायाम हुन सक्छ। एक अध्ययनका अनुसार करिब आधा घण्टा साइकल चलाउँदा २१०–३११ क्यालोरी बर्न हुन्छ, जुन अतिरिक्त बोसो घटाउन निकै सहयोगी हुन्छ ।

२०-९३ वर्ष उमेरका ३०हजार मानिसहरूमा १४ वर्षमा डेनमार्कले गरेको अध्ययनले नियमित साइकल चलाउने मानिसहरूलाई पनि हृदय रोगको कम जोखिम रहेको पत्ता लगायो। यो बानीले तपाईको मुटु रोगको जोखिम ५० प्रतिशतले कम गर्छ ।

मानसिक स्वास्थ्यको लागि लाभदायिक

साइकल चलाउँदा तनाव कम हुने विज्ञहरू बताउँछन् । साइकल चलाउनु ध्यान र रमाइलो हुन सक्छ। साथै बाहिर निस्कनु र प्रकृतिको नजिक हुनुले तपाइलाई मानसिक शान्ति दिन्छ। यसबाहेक, साइकल चलाउनुले तपाईको आत्मविश्वास बढाउन, तपाईको मुड ठीक राख्न र तनावग्रस्त दिमागलाई शान्त पार्न पनि मद्दत गर्दछ। यो मानसिक स्वास्थ्यको लागि विशेष लाभदायिक अभ्यास हो।

नियमित साइकल चलाउँदा विभिन्न स्वास्थ्य लाभहरू पनि छन्।

  • कार्डियोभास्कुलर फिटनेसमा वृद्धि।
  • मांसपेशीमा तागत  र लचीलापनमा सुधार गर्दछ।
  • तनावस्तर कम गर्न र राम्रो मुद्रा समन्वय गर्न मद्दत गर्दछ।
  • हड्डी बलियो हुनुका साथै शरीरमा बोसोको मात्रा पनि कम हुन्छ ।
  • शारीरिक र मानसिक दुवै स्वास्थ्यको लागि लाभदायिक।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ