२०८२ वैशाख २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै

धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै


काठमाडाै-मनमोहन शिक्षण अस्पताल स्वयम्भु र जन कल्याण बचत तथा ऋण सहकारी धादिङको संयुक्त आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यही बैशाख २७ गते शनिबार मलेखुमा एक दिने स्वास्थ्य शिविर आयोजना गरी निशुल्क स्वास्थ्य परिक्षण औषधि वितरण हुनेछ ।

उक्त शिविरमा अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।मनोर दिन सैयद को नेतृत्वमा फिजिसियनररेडियोलोजी डा।इबराज सिम्खडा, नाक,कान,घाटी रोग विशेषज्ञ डा।दिबित अधिकारी, जनरल मेडिसिनका डा। राजेन्द्र ढुंगाना , डा। सन्नी कुसवहा, डा।आलोक गौतम लगायतले सेवा दिने अस्पतालले जनाएको छ ।

शिविरमा सेवा लिनेहरूलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पताल आउन परेमा बिशेष छुट को व्यवस्था समेत हुने अस्पताल ब्यबस्थापन सन्जिव कंडेलले बताए ।

घरघरमा आएको शिविरबाट फाइदा लिन स्थानीयहरुलाई डा। सैयदले आग्रह गरेका छन् । डा सैयादको टोलिले यस अघि जाजरकोटमा पनि निशुल्क शिविर संचालन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ