२०८२ जेठ २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम

हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम


काठमाडौं—डिजिटल हेल्थमा काम गर्दै आएको संस्था हेल्थ कन्र्सनले बिरामीको सुचना एकीकृत हुने गरी नयाँ सफ्टवेर हस्पिटल अपरेठिङ् सिस्टम (एओएस) ल्याएको छ । आइटी कम्पनी मेड आइक्युसँगको सहकार्यमा यो सफ्टवेर ल्याइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ को मापदण्डअनुसार सो सफ्टवेर ल्याइएको हेल्थ कन्सर्नका संस्थापक सिईओ डा. सुवास प्याकुरेलले जानकारी दिए ।

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि प्रणालीसँगै प्रविधीको पनि विकास हुनुपर्छ भन्ने आफूहरुको मान्यताअनुसार यो प्रविधी ल्याइएको बताए । उनले सरकारी र निजी दुवै स्वास्थ्य संस्थाका लागि उपयुक्त हुने गरी सफ्टवेर तयार भएको बताए ।

‘प्रयोग गर्नेलाई छिटो, छरितो र व्यवस्थित होस् भन्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘हामीले त्यही कुरालाई ध्यानमा राखेर देश तथा विदेशका स्वास्थ्यमा सञ्चालन भइरहेका कुराहरुलाई पनि जोडेर सहज बनाउने कोशिस गरेका छौं ।’

डा. प्याकुरेलले आफूहरुको योजना ल्याब, फर्मोसीदेखि स्थानीय, प्रदेश, केन्द्रीय सबै खालका अस्पताल देखि अन्तर्राष्ट्रिय बजारलाई समेत सुहाउने गरी अगाडि बढिरहेको बताए ।

हेल्थ कन्सर्नकी चिफ प्रोग्राम अफिसर श्रृष्टि पन्तले एओए सफ्वेयर सामान्य फेसबुक चलाउन सक्ने मानिसले सहजै चलाउन सक्ने खालको भएको बताइन् । उनले यो सफ्टवेरमार्फत सेवा प्रणाली छरितो बनाएर आम जनतामा लाग्ने अनावश्यक खर्च कम हुने दावी गरिन् ।

‘यो सिस्टममा जोडिएपछि एक पटक गरिएको परीक्षणहरु सधैँ रहन्छ, अर्को ठाउँमा गएर त्यही जाँच गरिरहनु पर्दैन्,’ उनले भनिन् ‘साथै क्युआर आइडेन्टीटीमा इमर्जेन्सी सेवाका लागि आवश्यक सबै तथ्यांक राखिने हुँदा आकस्मिक अवस्थामा पनि सहज हुनेछ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ