२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा

स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा


कठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार डा. जागेश्वर गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अहिलेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । । नयाँ प्रवक्ता तोकिएका डा. गौतम यसअघि गत बिहीबार मात्रै मन्त्रालयमा सरुवा भएका हुन् । त्यसअघि उनी परोपकार प्रसुती गृहका निर्देशक थिए ।

बिहीबारै मन्त्रालय मातहतको सबैभन्दा पावरफूल निकाय मानिने स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि परिवर्तन गरेको थियो । मन्त्रालयले नयाँ महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्रालय तानेर कोभिड—१९ क्राइसीसी म्यानेजमेण्ट सेन्टर (सीसीएमसी)मा काजमा जिम्मेवारी दिइएको थियो ।

उनीसँगै विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो, उनको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको थियो ।

परोपकार प्रसुती गृह थापाथलीको निर्देशकको जिम्मेवारी भने डा. संगीता मिश्रालाई दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ