काठमाडौं—नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार सम्पन्न अनेरास्ववियुको २४ औं महाधिवेशनबाट ३२ वर्षीय डा. कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले निकतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. कडरिया अध्यक्षमा विजयी भएका हुन् । डा. कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।
अनेरास्ववियुको इतिहासमा पहिलोपटक मेडिकल डाक्टर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष बनेका डा. कडरियाले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस गरेका छन् ।
रामेछापका डा. कडरियाले अघिल्लो कार्यकालका अनेरास्ववियुको सचिवमा निर्वाचित भएका थिए।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भए । यसैगरी, अनेरास्ववियुको महासचिवमा दीपक धामी विजयी भए भने उपमहासचिवमा कमल जोशी जित निकाले । महासचिवमा निर्वाचित भएका धामी जनस्वास्थ्यकर्मी हुन् ।
सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीमबाबु खाम विजयी भए ।
अनेरास्ववियुको महाधिवेशनमा १५५१ प्रतिनिधी रहेकामा १४५० मत खसेको थियो ।