२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए

अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए


काठमाडौं –  अस्पतालमा आइसियु तथा भेन्टिलेटर नपाउँदा विभिन्न समयमा गरी हालसम्म ३० जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । क्वारेन्टाइन तथा होम आइसोलेसनमा बसेका संक्रमितले अस्पतालमा बेड नपाउँदा मृत्युको सिकार हुनुपरेको सरकारी तथ्यांकले देखाएको हो ।

मृत्यु हुनेहरु ४ वर्ष देखि १ सय ८ वर्ष उमेर समूहका छन् । कोरोना भाइरसले फोक्सोलाई तिब्र गतिमा क्षति पुर्याउने भएकाले संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तो अवस्थामा तत्काल आइसियु भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने मृत्यु हुने चिकित्सकहरु बताउँछन् ।

कोरोना संक्रमित बढ्दै जादाँ अस्पतालका सघन उपचार कक्ष पनि भरिएका छन् । होम आइसोलेसनमा बस्न सरकारले निर्देशन दिएपछि हाल ३१ हजार ७ सय २७ जना वेड नपाएर घरमा बसेका छन् । उनीहरुमध्ये कतिपय भने लक्षणविहिन  छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशमा ८ सय २९मध्ये करिब ३२ जनाको घरमा निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिदा अस्पतालका सघन उपचार कक्ष भरिएका थिए जसकारण उनीहरुले बेड नपाउँदा मृत्यु हुन पुगेको हो । भाइरस विज्ञहरुले बताए अनुसार विभिन्न दिर्घरोगका बिरामी भएपनि कोरोना लागेपछि केही वर्ष पछि हुने मृत्यु पनि तत्काल हुन्छ ।

अझ कोरोना भाइरसको फैलावट शरिरभित्र तिब्र गतिमा हुने र भित्रि अंगहरुमा चाडो क्षति गर्ने भएकाले संक्रमितको मृत्यु चाडो हुने गरेको पाइएको छ । आइसियुभन्दा पनि कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । उनका अनुसार अक्सिजनको मात्रै सपोर्ट दिन सकेको खण्डमा धेरै व्यक्ति बचाउँन सकिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ