२०८२ असार २८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम

असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तमा अगाडि बढाएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थ मन्त्रालयले लगाम लगाइदिएको छ । ‘आर्थिक चलखेल र अपारदर्शी’ भएको भन्दैं उक्त जिएमपी अडिट प्रक्रिया विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झण्डै एक दर्जन उजुरी परेका थिए ।

स्वास्थ्य सचिव डा. विकास देवकोटा, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल विरुद्ध अख्तियारमा उजुरी परेपनि स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्वले समेत उक्त प्रक्रियालाई नरोकेर अगाडि बढाएको थियो । तर, अर्थ मन्त्रालयले अपरादर्शी र आर्थिक चलखेल भएको भन्दैं उजुरी परेपछि विवादित बनेको उक्त जिएमपी अडिट प्रक्रिया अन्तिम समयमा रोकिदिएको हो ।

स्वास्थ्य मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले बुधबार अन्तिम अवस्थासम्म उक्त अडिट प्रक्रिया अगाडि बढाउन कसरत गरेको थियो । ‘अर्थले यो विवादित प्रक्रिया रोकिदिएको छ,’ अर्थ स्रोतले भन्यो, ‘प्रक्रिया अपारदर्शी भएको र आर्थिक चलखेल भएको भन्दैं विभिन्न ठाउँमा उजुरी परेको पाइएपछि अर्थले विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रिया रोकिदिएको छ ।’

उक्त प्रक्रियामा अर्थले लगाम लगाइदिएपनि अझैपनि स्वास्थ्यका अधिकारीहरु ‘ब्याक डेट’मै भएपनि विदेशी औषधि कम्पनीको जिएमपी अडिट अगाडि बढाउन कसरत गरिरहेका छन् । तर, त्यो सम्भावना एकदमै न्यून रहेको अर्थ स्रोतको दावी छ ।

अख्तियारमा परेको उजुरीमा विदेशी कम्पनीहरुलाई नेपाली बजारमा औषधि बिक्री वितरण गर्न दिने स्वीकृती (अनुमतिपत्र) प्रदान गर्ने प्रक्रियामा गम्भीर अनियमितता गरेको, पहुँचको दुरुपयोग र ठूलो आर्थिक चलखेल भएकाले पूर्ण रुपमा छानविन नभएसम्म उक्त प्रक्रिया यथास्थितीमा राख्न माग गरिएको समाचार यसअघि हेल्थआवाजले प्रकाशित गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ