काठमाडौं— सरकारले कोशी प्रदेश र मधेश प्रदेशका स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवहरु पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश र मधेश प्रदेशमा नयाँ स्वास्थ्य सचिव सरुवा गरेको हो ।
डा. ओमप्रसाद अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको छ । ११ औं तहका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. अर्याल यसअघि प्युठान अस्पतालमा कार्यरत थिए ।
यसअघि मधेश प्रदेका स्वास्थ्य सचिव डा. श्रवणकुमार मिश्र भ्रष्टाचारको आरोप लागेपछि निलम्बनमा परेका छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. यदुचन्द्र घिमिरेलाई सरुवा गरिएको छ । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए ।
कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै, प्रशासन सेवाका सहसचिव हेमराज सुवेदी र निता अर्याल पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको छ । यसअघि सुवेदी राष्ट्रिय योजना आयोगमा थिए भने अर्याल निर्वाचनमा आयोगमा सहसचिव थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव ऋषिराज अर्याललाई गण्डकी प्रदेशमा प्रदेश सचिवका रुपमा सरुवा गरिएको छ ।