२०८२ भदौ १०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार

लगातार उकालोमा मेडिकेयर हस्पिटल लिमिटेडको कारोबार


काठमाडौं—चाबहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडको वार्षिक कारोबार तीन वर्षदेखि लगातार उकालोमा रहेको पाइएको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार अस्पतालले सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

अस्पतालको कारोबार सन् २०२३ को तुलनामा ४ करोड ८० लाख रुपैयाँ कारोबार वृद्धि गरेको हो । सन् २०२४ मा अस्पतालले ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । अस्पतालको आम्दानीको ६० प्रतिशत हिस्सा ओपीडीका बिरामीहरुबाट प्राप्त रकम हो ।

यसअघि सन् २०२२ मा मेडिकेयरको वार्षिक कारोबार ४७ करोड २० लाख रुपैयाँ रहेको थियो ।

सन् १९९६ देखि सञ्चालनमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडमा ८७ शय्या अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा गैरआवासीय नेपाली व्यवसायीद्वय जीवा लामिछानेको सानिमा समूह र उपेन्द्र महतोको महतो समूहको लगानी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ