२०८२ कात्तिक २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध

स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध

प्रदेश र स्थानीय तहमा जानुपर्ने बजेट तत्कालीन मन्त्री पौडेल र सचिव डा. देवकोटाको अग्रसरतामा विभागमा लगियो


धनगढी—स्वास्थ्य सेवा विभागले ७ सय ५३ स्थानीय तहका लागि करिब १५ करोड बराबरको आइरन चक्की तथा फोलिक एसिडको खरिद प्रक्रिया रद्ध गरेको छ । शनिबार स्वास्थ्य सेवा विभागले एक सूचना प्रकाशन गर्दै उक्त आइरन चक्की तथा फोलिक एसिड खरिद प्रक्रिया रद्ध गरेको हो ।

गर्भवती महिलाका आवश्यक पर्ने आइरन चक्की र फोलिक एसिड खरिदका लागि स्थानीय तहमा जानुपर्ने बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन मन्त्री प्रदीप पौडेल र सचिव डा. विकास देवकोटा अग्रसरतामा स्वास्थ्य सेवा विभागमा राखिएको थियो ।

स्वास्थ्य सेवा विभागले ३० साउनमा आइरन र फोलिक एसिड खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । १५ करोड रूपैयाँ बराबरको ट्याब्लेट खरिद गर्न विभागले प्रति ट्याब्लेट ९३ पैसा लागत अनुमान राखेर प्रकिया अघि बढाएको थियो । तर, उक्त खरिद प्रक्रिया रद्ध गरिएको छ ।

सुदूरपश्चिम प्रदेशले भने गत आर्थिक वर्षमा प्रति ट्याब्लेट ५५ पैसामा खरिद गरेको थियो । स्वास्थ्य सेवा विभागले उक्त खरिद प्रक्रियामा लागत अनुमान बढी हुनुका साथै स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको दबाबका कारण विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् ।

लागत प्रक्रियामा प्रश्न उठे र अन्तर्राष्ट्रिय बिडिङको माग भएपछि टेण्डर रद्ध भएको विभाग स्रोतले जनाएको छ । डा. बाराकोटीले राजीनामा दिनुअघि अन्तिम समयमा उक्त ठेक्का प्रक्रिया रद्ध गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ