२०८२ पुस २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले केन्द्रीय प्रयोगशाला र कोशी अस्पतालको नेतृत्व परिवर्तन गरेकी छन् । आइतबार मन्त्री डा. शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय  जनस्वास्थ्य  प्रयोगशालाको निर्देशक र कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेकी हुन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झालाई ल्याइएको छ । यसअघि उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । त्यसअघि कोभिड—१९ को समयमा पनि डा. झाले प्रयोगशालाको नेतृत्व गरेकी थिइन् ।

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. रामनारायण चौधरीलाई दिइएको छ । डा. चौधरी सोही अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टलाई प्रयोगशालाको आफ्नै दरबन्दीमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ