२०८२ माघ १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अस्पताल तत्कालीन निर्देशकदेखि रेडियोलोजी विभाग प्रमुखसम्मका चिकित्सकलाई समेत भ्रष्टाचार मुद्धा


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिहीबार अख्तियारले प्रा.डा. भण्डारी विरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा. श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर भएको छ ।

यसैगरी, अधिकृतहरु झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्धा दायर भएको छ ।

भ्रष्टाचारको आरोपमा मुद्धा दायर भएकाहरुमध्ये कतिलाई एकल रुपमा र कतिबाट संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ  बिगोसहित कानुनअनुसार कारवाहीको माग गरिएको छ ।

अख्तियारले खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई बनाउने नललगाउनेलगायतको खरिद कारवाहीको तयारी नगरी खरिद कार्य अगाडि बढाएको आरोप मुद्धामा लगाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ