२०८२ माघ १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने

१ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने


काठमाडौं—स्वास्थ्य बीमा बोर्डले ओपीडीमा उपचार गर्दा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने निर्णय गरेको छ । २४ पुसमा बसेको बोर्डको बैठकले १ फागुनबाट ओपीडीमा २५ हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाइने निर्णय गरेको हो ।

स्वास्थ्य बीमामा आवद्ध भएका परिवारका पाँच जना सदस्यले २५ हजार रुपैयाँसम्मको ओपीडी सेवा लिन पाउनेछन् । त्यसबाहेक थप एक सदस्य बराबर ५ हजार रुपैयाँ बराबरको सेवा सुविधा निर्धाण गरिएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डको व्यवभार कम गर्ने उद्देश्यले उक्त निर्णय लिएको जनाएको छ । त्यसबाहेक अन्य ८ प्रकारका कडा दीर्घ रोगको उपचारका विषयमा भने स्वास्थ्य बीमा नियमावली अनुसूची—६ बमोजिम हुने उल्लेख छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ