काठमाडौं—प्रतिनिधिसभाको निर्वाचनमा चार जना चिकित्सकहरुले विजयी भएका छन् । आइतबार विहान ११ बजेसम्मको मतपरिणामअनुसार चार जना चिकित्सकहरु निर्वाचन जितेर सांसद भएका हुन् ।
जसमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचन जित्ने रेकर्डसमेत चिकित्सकले नै बनाएका छन् । रुपन्देही ३ नं. क्षेत्रबाट निर्वाचन न्यूरोलोजिष्ट डा. लेखजंग थापाले ५० हजार बढी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भए । डा. थापा निकटतम प्रतिद्धन्द्धीभन्दा ५० हजार ३ सय ८९ मत बढी ल्याएर विजयी भएका हुन्।
रास्वपाका उम्मेदवार रहेका डा. थापा ५८ हजार ८ सय १४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।
डा. तोषिमा कार्कीले ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा जित हासिल गरिन् । रास्वपाकी उम्मेदवार रहेकी उनले ४३०९६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९०४५ मत पाए । पेशाले सर्जन डा. कार्कीले यसअघि पनि यही क्षेत्रबाट विजयी प्राप्त गरेकी थिइन् ।
रास्वपाबाट उम्मेदवार बनेका डा. शम्भुकुमार यादव ३२२४९ सिरहा ३ बाट विजयी भए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका लीलानाथ श्रेष्ठ १०१५६ मत ल्याएका थिए । उनले सिराहाको मिर्चैया–७ मा ‘मिर्चैया हेल्थ पोलिक्लिनिक’ सञ्चालन गर्दै आएका थिए ।
महोत्तरी २ बाट नेत्र रोग विशेषज्ञ डा. दिपकुमार साह विजयी भए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. साहले ३२७२२ मत ल्याएर विजयी हुँदा जसपाबाट उम्मेदवार बनेका सत्ता राजनीतिका पुराना खेलाडी शरदसिंह भण्डारीले १०१९८ मत ल्याए ।