२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन्

निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन्


काठमाडौं—निर्वाचन आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार बनेकी डा. तोषिमा कार्की सर्वोच्च अदालत गएकी छन् । सोमबार डा. कार्कीले आयोगको उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा मा आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेजीमा परेपछि डा. कार्की आयोग विरुद्ध सर्वोच्च गएकी हुन् । उनले निर्वाचनमा उम्मेदवार बन्नकै लाग भनेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेक्कचरर पदबाट राजीनामा दिएकी थिइन् ।

डा. कार्कीले निश्चित तलब नहुने र बैठकमा उपस्थित हुँदा मात्रै भत्ता पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद हुने वा नहुने भन्ने विषयमा निक्र्यौल गरिदिन २८ भदौंमा निर्वाचन आयोगलाई पत्र लेखेकी थिइन् । तर, आयोगले उक्त पत्रको कुनै जवाफ नदिएर उजुरी परेपछि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

अहिले डा. कार्कीले आफूले मागेको जवाफ समयमा नदिएर आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने अन्यायपूर्ण निर्णय गरेको भन्दैं सर्वोच्च गएकी हुन् । पेशाले सर्जन डा. कार्कीमाथि अन्याय भएको भन्दैं अहिले सामाजिक सन्जालमा निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ