२०८२ चैत्र १, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ

टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ


काठमाडौं—टाइम फर्मास्युटिकल्स लिमिटेडले एक वर्षमा ९० करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । टाइमको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा उसले ९० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

टाइमको यो कारोबार अघिल्लो वर्षको तुलनामा झण्डै ५ करोड १० लाख रुपैयाँले घटेको हो । टाइमले सन् २०२४ मा ९५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२३ मा ८२ करोड २० लाख रुपैयाँको कारोबार गरेको टाइम फर्मास्युटिकल्सले सन् २०२२ मा ९९ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा ७९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२० मा टाइमले ६८ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको थियो । यसैगरी सन् २०१९ मा ६६ करोड ३८ लाख, सन् २०१८ मा ७२ करोड रुपैयाँको कारोबार रहेको थियो ।

सन् १९९४ मा स्थापना भएर सन् १९९७ बाट सञ्चालनमा आएको टाइम फर्मास्युटिकल्सले विभिन्न सेगमेन्टका स्पेशलाइज्ड र जनरल औषधिहरु उत्पादन गर्दै आएको छ । कम्पनीले एन्टीकोल्ड, एन्टीबायोटिक, सप्लीमेन्ट, एन्टीडायबेटिकलगायतका औषधिहरु उत्पादन गरिरहेको छ ।

टाइम्समा अल्फा क्यापिटलको १५ प्रतिशत, राजु कर्माचार्य र झनकनाथ भट्टको ९/९ प्रतिशत र जी. नारायण बहादुर क्षेत्रीको ७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ