२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो

तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकमा डा. प्रमोद जोशीलाई जिम्मेवारी दिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

केन्द्रको निर्देशक रहेकी डा. राधिका थपलियालाई विभाग अन्तर्गत फाजिलमा राखिएको छ । ट्रमाका निर्देशक डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पताल सरुवा गरी काजमा ट्रमा सेन्टर नै राखिएको छ ।

डा. शर्मा लामो समयदेखि सूचना केन्द्रको निर्देशक थिए ।  डा. शर्मा सबै राजनीतिक दलका नेतालाई रुझाएर पदमा रहन माहिर मानिन्छन् ।

तीन महिनाअघि मात्र उनको सरुवा गरी ३ वर्षदेखि फाजिलमा रहेकी डा. थपलियालाई केन्द्रमा लगिएको थियो ।

समायोजनमा कर्णाली प्रदेश परेकी डा. थपलिया प्रदेश सरकारले स्वास्थ्य शिक्षा समूहको संरचना नै खारेज गरिदिएपछि समायोजन खारेज गरी पाउ भनी सर्वोच्च अदालत गएकी थिइन । सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएसँगै मन्त्रालयमा हाजिर हुँदै आएकी थिइन् ।

ट्रमा सेन्टरमा पनि १० औं तहका चिकत्सकलाई हटाएर १० औं तहकै चिकित्सकलाई पुनः निमित्त निर्देशक दिइएको छ । केही समयअघि ट्रमाका तहका चिकित्सकले १० औं तहका चकित्सक निर्देशक हुँदा आफूहरु निरुत्साहित भएको भन्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ