२०८२ चैत्र १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने

निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने


काठमाडौं—सरकारले सरकारी तथा निजी अस्पतालमा कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यन्वयन गर्ने कार्यसूची सार्वजनिक गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले बनेलगतै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पास गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ ।

शनिबार सार्वजनिक भएको १०० कार्यसूचीमा स्वास्थ्य ६ वटा विषय समेटिएका छन् । कार्यसूचीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमनका लागि फ्री हेल्थ पोर्टल विकास गरी ३० दिनभित्र लागू गर्ने उल्लेख छ ।

सरकारले बिरामीको इहिहास, रेफरल, पुनःसेवा, क्लिनिकल फ्लोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणाली डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास गरेर तीन महिनाभित्र लागु गर्ने । सरकारी अस्पतालबाट निजी अस्पतालमा रेफर गर्ने बेथिती अन्त्यका लागि स्पष्ट रेफर प्रोटोकल लागु गर्ने समेत कार्यसूची बनाएको छ ।

बालेन नेतृत्वको सरकारले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिती, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न एटेन्डेन्स मोनिटरिङ, कन्डक्ट रिभ्यू र क्लिनिलेस अडिट एक हप्ताभित्र अनिवार्य गर्ने भएको छ भने सम्पूर्ण सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउने उल्लेख छ ।

अस्पताल फार्मेसीमा मौज्दात औषधी र मुल्य देखिने डिजिटल प्रणाली तीन महिनाभित्र सञ्चालन गर्ने, देशभरका सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ ।

सरकारले जलन उपचारका लागि देशभरका अधिकांश अस्पतालमा ३० दिनभित्र वर्न वार्ड स्थापना गर्ने र जलनका बिरामीलाई सहुलियतमा उपचार हुने व्यवस्था मिलाउने, सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपत्तकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था तत्काल लागु गर्ने पनि कार्यसूची बनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ