२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २८८जनामा कोरोना पुष्टि

नेपालमा थप २८८जनामा कोरोना पुष्टि


नेपालमा थप २ सय ८८जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौँमा १ सय १७ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

भारतसँग सिमा जोडिएका तराईका जिल्लामा पनि कोरोना संक्रमण बढ्न थालेको देखिएको छ। शुक्रबार मोरङमा १३, दाङमा १४ रुपन्देहीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राजधानी पछि सबैभन्दा ठुलो दोस्रो शहर रहेको पोखरा रहेको कास्कीमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय २७ जना संक्रमित निको भएका छन् । यससँगै उपचार पछि कोरोनामुक्त हुने संख्या २ लाख ७३ हजार ७ सय ३५ रहेको छ । हाल निको हुने दर ९८ प्रतिशत पुगेको छ।

यस्तै, हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ