२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ

नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ


काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद्मा गरी आठ जना सदस्य नियुक्त गरेको छ ।

मन्त्रालयले नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई नियुक्त गरेको हो ।

त्यस्तै, नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौलालाई नियुक्त गरिएको छ ।

नवनियुक्त सबै सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मन्त्रालयले परिषद्हरूमा नयाँ सदस्य नियुक्त गरेसँगै नर्सिङ तथा फार्मेसी क्षेत्रको नियमन, पेशागत मापदण्ड, जनशक्ति व्यवस्थापन तथा सम्बन्धित क्षेत्रका नीतिगत कामलाई थप प्रभावकारी बनाउन परिषद्हरूको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद् दुवैले सम्बन्धित स्वास्थ्य पेशाको दर्ता, नियमन तथा पेशागत मापदण्ड कायम गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ