२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने

एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा लिने भएको छ । सोमबार आयोगले एक सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षाका स्नातक तहका सबै शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाका लागि २४ पुसबाट आवेदन खुला गर्ने जनाएको छ ।

आयोगका अनुसार एकीकृत प्रवेश परीक्षामा सहभागी हुने चाहने विद्यार्थी पुस २४ आइतबार विहान १० बजेदेखि माघ २४ अपरान्ह ५ बजेसम्म अनलाइनबाट आवेदन दिने सकिनेछ । आवेदन दिनका लागि आयोगले तोकेको मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।

एमबीबीएसको प्रवेश परीक्षा २४ फागुनमा हुनेछ । यस्तै, बिडिएसको २४ फागुनमा, बीएस्सी नर्सिङ, बिएएसएलपी, बी पर्फयुजन टेक्नोलोजीको २६ फागुन, बीएमएमएस, बीएनएस, बीएस्सी एमएलटी, बी फर्मा, बीअप्टोमेट्री, बीएस्सी एमआईटी, विपीटी २७ फागुनमा र बीपीएचको २८ फागुनमा एकीकृत प्रवेश परीक्षा हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ