२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय

अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यलाई हानि पुर्याउने हुँदा अल्कोहल सेवन नगर्न आग्रह गरेको छ। मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित व्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अल्कोहल सेवन गर्दा कोरोनाको जोखिम बढ्ने, नकारात्मक सोच आउने र शरीरलाई कमजोर बनाउने भन्दै सेवन नगर्न र जथाभावी नछर्कन आग्रह गरेका हुन्।

यसको साथै उनले अल्कोहल सेवनबाट विरामी भएको खण्डमा अस्पतालमा उपचार गरी हाल्ने अवस्था नरहेको जनाए।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २१ हजार ९९ जना छन् भने आइसोलेशनमा १ सय २० जना रहेका छन्। काठमाडौँभित्र २ जना  र बाहिर १ सय १८ जना आइसोलेसनमा छन्। रेड जोनमा पर्नेको संख्या १ सय ३० रहेको छ।

मुलुकभर गरेर १८ वटा प्रयोगशालामार्फत पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जनाए।मंगलबार विहान नेपालगञ्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ। जसमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् भने ६६ जना उपचारको क्रममा छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ