२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालको ठगी (भाग–१) : १२० रुपैयाँ पर्ने औषधी, ३३ सयको बिल, फरक—फरक शीर्षकमा लाखौं ठगी

निजी अस्पतालको ठगी (भाग–१) : १२० रुपैयाँ पर्ने औषधी, ३३ सयको बिल, फरक—फरक शीर्षकमा लाखौं ठगी


काठमाडौं—उपत्यकाका ६ अस्पतालले विदेशी पर्यटकलाई स्वास्थ्य उपचारको नाममा ठगेको खुल्न आएको छ । एकै समयमा एउटै व्यक्तिलाई महंगो वार्डमा भर्ना गर्नेदेखि १२० रुपैयाँको औषधीलाई ३३ सयसम्म लिदैं आएको तथ्य फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठन भएको एक समितिले अनुगमन गरी उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन हालसम्म सार्वजनिक नगरी गोप्य राखिएको छ । निजी अस्पतालहरुले फर्जी बिल भरपाई बनाई बिरामी पर्यटकलाई ठगी गरेको प्रतिवेदनमा उल्लेख छ । एउटै बिरामीलाई एकै समयमा एस.आई.सीयु, आई.सीयु, डिलक्स रुम र ए स्वीट रुममा भर्ना अनौठो तथ्य उद्घाटित प्रतिवेदनले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरको निर्णय गर्दै ६ अस्पतालको स्वास्थ्य सेवा अनुगमन गर्न ०७६ भदौ २५ गते उच्चस्तरीय समिति गठन गरेको थियो । समिति संयोजक उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेल थिए । सिवेक अस्पताल प्रा.लि.ले एउटै बिरामीबाट उपचार गर्दा चिकित्सक परामर्श तथा उपचार सेवा, निदानात्मक सेवा, औषधी तथा उपभोग्य वस्तुहरु र हेरचाह एवं सहयोगलाई अत्याधिक धेरै शीर्षक एवं उपशीर्षकमा विभाजन गरी फरक—फरक सेवा शुल्क तथा मुल्य लिने गरेको देखिएको छ ।

त्यस्तै, बयोधा अस्पतालले एउटै बिरामीलाई विशेषज्ञ चिकित्सकले १७ दिनमा १०९ पटक राउण्ड गरेको देखाएको छ । सो अस्पतालले एउटै बिरामीलाई एकै समयमा एस.आई.सीयु, आइ.सीयु, डिलक्स रुम र ए स्वीट रुममा भर्ना गरिएको पाइएको छ ।

स्वाकोन अस्पतालले चिकित्सक परामर्श शुल्क सरकारले तोकेको भन्दा कयौं गुणा लिएको फेला परेको छ । एक बिरामीको एक एमबीबीएस डाक्टरको परामर्श शुल्क ८ हजार २ सय ८० रुपैयाँ लिएको पाइएको छ । त्यस्तै, इरा हेल्थ सेन्टरले औषधीमा समेत चरम ठगेको देखिएको छ । त्यतिमात्रै हैन नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभएको चिकित्सकबाट विशेषज्ञ चिकित्सक भन्दै पर्यटकलाई सेवा दिदै आएको समेत समितिले फेला पारेको छ । त्यसैगरी, १२० रुपैयाँ पर्ने औषधी ३३ सयमा बिक्री गरेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नाफारहित रक्तसंचार सेवामा बिरामी ठगेको उल्लेख छ । उसले २ हजार ४ सय ५३ रुपैयाँ लिएको पाइएको छ । उता नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले उपचार एउटा बिल र पैसा तिर्दा अर्कै बिल बनाउने गरेको देखिएको छ । अनुगमन टोलीले मूल्यसूची माग गर्दा समेत अस्पतालले आफ्नो मूल्यसूची उपलब्ध नगराएपछि चरम रुपमा बिरामी ठगिरहेको अनुमान समितिले लगाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ